तानसेन,रिब्दीकोट गाउँपालिका अन्र्तगत बतासे बजार तथा कुसुमखोलामा बजार अनुगमन गरीएको छ । चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय अनुगमन गरेको हो ।
चाडपर्वका बेला हुनसक्ने कालोबजारी रोक्न बजार अनुगमन थालिएको रिब्दीकोट गाउँपालिकाले जनाएको छ ।
चाडपर्व नजिकिँदै गर्दा खाद्यान्नको मूल्य बढाउने र कृत्रिम अभाव देखाउने भएकाले अनुगमनलाई प्राथामिकतामा राखेको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।बतासे र कुसुमखोलका करिव तिन दर्जज पसल अनुगमन गर्दा अधिकांश पसलमा म्याद नाघेका अखाद्य वस्तुहरु र पेयपदार्थहरु लेभल नगरेका चामल मदिरा लगाएतका बस्तु जफद गरेको छ अनुगमनमा व्यवसायीहरुले स्थानीय तहमा व्यवसाय दर्ता नगरेको, मूल्य सूची टाँस नगरेको र म्याद गुज्रिसकेका खाद्य सामग्री उपभोक्तालाई नबेच्ने गरी छुट्टयाएर अलग्गै राख्ने व्यवस्था नगरेको पाइएको जिल्ला प्रशासन कार्यालय पाल्पाका सायक प्रमुख जिल्ला अधिकारी भक्तीसरा रानाले बताउनु भयो ।
अनुगमनमा देखिएका कमजोरीहरुलाई सुधार गर्न निर्देशन दिएको रिब्दीकोट गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत मदन अर्यालले बताउनु भयो । व्यवसायीहरुलाई सबै कानुनी प्रक्रिया पूरा गरी व्यवसाय संचालन गर्न निर्देशन दिएको अर्यालले जानकारी दिनुभयो ।
बजार अनुगमनको क्रममा विगतमा भएका अनुगमनको क्रममा दिईएको सुझावहरुको कार्यान्वयन भएनभएको, मूल्य सुची राखेनराखेको, पसल दर्ता गरेनगरेको, खाद्य तथा गैह्र खाद्य सामाग्रीहरुको छुट्टाछुट्टै व्यवस्थापन गरेनगरेको, उपभोग्य म्याद समाप्त भएनभएको नापतौलका सामाग्रीहरु दुरुस्त रहे,नरहेको आदी जस्ता कुराहरुलाई ध्यान दिई मालसामानहरुको विक्रि वितरण गर्न सुझाव दिएको थियो ।
बजार अनुगमनमा रिब्दीकोट गाउँपालिकाका प्रमुख प्रशासकिर्य अधिकृत मदन अर्याल, प्रशासन प्रमुख रुक्लाल भट्टराई,घरेलु तथा साना उद्योग कार्यालयका श्याम कुमार पौडेल,खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पाल्पाका प्रमुख नरेश श्रेष्ठ,कर दातासेवा कार्यालय पाल्पाका प्रमुख बिमला महत घरेलु कार्यालयका मनोज घिमिरे ,ब्यापार संघ पाल्पा र उद्योग बाणिज्य संघ पाल्पाका पदाधिकारी पत्रकार सुरक्षा कर्मी लगाएतको उपस्थीत रहेको थियो । बजार अनुगमनका क्रममा भेटिएका अखाद्य वस्तु,म्याद गुज्रेका वस्तुहरू सङ्कलन गरेर जलाउने काम औपचारिकतामा मात्रै सिमित गरिएको स्थानीय उपभोक्ताले गुनासो गरेका छन । म्याद गुज्रेका सामान टोलीले नष्ट गरेको छ।