पाल्पा – जिल्लाको रैनादेवी छहरा गाउँपालिको पाल्पाले वडा स्तरमै गएर जनतालाई सेवा दिने उदेश्यका साथ आयोजनामा सेवा प्रबाह सम्बन्धि एकिकृत घुम्ती शिविर असोज २१ गते बाट सञ्चालन गर्ने भएको छ ।
पालिकाले एकिकृत घुम्ति शिविर मार्फत सबै वडामा पुगेर पालिकाको सेवा दिने गाउँपालिकाको अध्यक्ष रुक्मागत भट्टराईले बताउनुभयो ।
उहाँका अनुसार शिविरमा योजना सम्झौंता, घटना दर्ता, अपाङ्गगता परिचयपत्र वितरण, निशुल्क स्वास्थ्य शिविर, व्यवसाय दर्ता, नविकरण लगायतका कार्यक्रमहरु गरिनेछ ।
पालिकाले यस वर्ष असोज मसान्तभित्रै योजनाहरुको सम्झौंता गरेर समयमै फरफारक हुने गरी काम गर्ने योजना बनाएको उपाध्यक्ष युवराज थापाले बताउनुभयो ।
शिविरमा योजना सम्झौंता, घटना दर्ता, अपाङ्गगता परिचयपत्र वितरण, निशुल्क स्वास्थ्य शिविर, व्यवसाय दर्ता, नविकरण लगायतका साना तिना कामको लागि पालिकामा दुख पाउन नपरोस भनेर वडा र वस्तीमै पुगेर सेवा दिन थालिएको गाउँपालिकाका प्रशासकीय अधिकृत दिनेश सारुले बताउनुभयो ।
सारुका अनुसार शिविर पालिका भित्रका प्रत्येक वडामा क्रमश वडा नं. १ को सिद्धेश्वरबाट २१ गते सुरुभई ३० गते वडा नं. ८ को सत्यवतीबाट समापन हुनेछ ।
पलिकाले गत वर्ष पनि वडा स्तरमै गएर विभिन्न सेवा प्रबाह सम्बन्धि एकिकृत घुम्ती शिविर सञ्चालन गरेको सुचना प्रविधि अधिकृत नारायण मल्लले जानकारी दिनुभयो ।