विपन्न परिवालाई घरमै नि.शुल्क स्वास्थ्य विमा ,तथा अपाङ् परिचय पत्र वितरण गदै रिब्दीकोट गाउँपालिका

तानसेन-रिब्दीकोट गाउँपालिका पाल्पाले अति विपन्न परिवालाई घरकै पुगेर स्वास्थ्य विमा गरीदिएको छ ।
वडा नं. १ अन्तर्गत जोगीथुमा निवासी शारीरिक तथा मानसिक रोगी जिवलाल कुमालको घरमा पुगेर स्वास्थ्य विमा गरिदिने निर्णय भएको स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले बताउनु भयो । उक्त विरामीलाई पालिकाले पोषण खर्च समेत दिईने स्वास्थ्य शाखाले जनाएको छ ।

अति विपन्न,अशक्त तथा आर्थिक अवस्था कमजोर भएका घर परिवारलाई गाउँपालिका अन्तर्गत अपाङ्ग समन्व्य समितिको अनुगमनबाट अति विपन्न परिवालाई स्वस्थ्य बिमा गरिदिने निर्णय भएको संयोजक अधिकारीले बताउनु भयो ।
यस्तै पालिकाले घर घरमै पुगेर अपाङ्ग परिचय वितरण गर्ने काम पनि गरेको छ । वडा नं. १ अन्तर्गत जोगीथुम बस्तीमा पुगेर परिचय वितरण तथा आवश्यक फारम भरेको संयोजक अधिकारीको भनाई छ ।

वडामा पूर्ण अपाङ्ग,अति अशक्त अपाङ्ग,मध्यम अपाङ्ग,सामान्य अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्र वितरण गरिएको र नविकरणको काम पनि गरिएको वडा अध्यक्ष चिरन्जीवी प्रोखरेलले बताउनु भयो ।

यस्तै गाँउपालिका आउन नसक्ने अति विपन्न,अशक्त परिवालाई घरमै पुगेर अपाङ्गता परिचय पत्र वितरण गर्ने कार्यक्रम अनुसार आज गाउँपालिकाको वडा न. १ को जोगीथुममा अपाङ्गताको वर्ग पहिचान गरि,बास्तविक अपाङ्गता भएको हो या होइन ऐकिन गरि परिचय पत्र वितरण गरिएको र अन्य वडाहरुमा निरन्तर वितरणको कार्यक्रम रहेको अपाङ्ग समन्व्य समिति संयोजक कान्ता अधिकारीले बताउनु भयो ।
अन्य वडाहरुमा पनि घर घरमै गएर अपाङ्गता परिचय पत्र वितरण भइसकेको छ ।

सरकारको अपाङ्गता भएको व्यक्तिहरुको पहिचान गरि वर्गीकरणको आधारमा सेवा सुविद्या दिने निर्णय अनुसार सो कार्य पालिका भित्रका सबै वडातहमै पुगेर अभियानका रुपमा आवश्यकता अनुसार वितरण गरीएको समन्व्य समिति संयोजक कान्ता अधिकारीको भनाई छ ।

अनुगमनमा अपाङ्ग समन्व्य समिति संयोजक कान्ता अधिकारी,वडा अध्यक्ष चिरञ्जीवी प्रोखरेल,सदस्य डा.सविन घले,पुर्व वडा अध्यक्ष विष्णु गैरै,वडा सदस्यहरु,स्वास्थ्य शाखा संयोजक सुनिल अधिकारी, तथा पत्रकार स्थानियहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च