टिकटकको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश, सरकारसँग कारण माग

काठमाडौं । सरकारले टिकटकमाथि प्रतिवन्ध गरेको विषयमा परेको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । निवेदकको माग बमोजिम अन्तरिम आदेश भने जारी भएन ।

गत २७ गते बसेकाे मन्त्रिपरिषद्को बैठकको निर्णयबाट भिडिओ‌ प्लाटफर्म सामाजिक सञ्जाल टिकटक नेपालमा बन्द गर्ने निर्णय गरेको थियो ।

नेपालमा टिकटकमाथि लगाइएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दर्जन बढी रिट परेकाे थियाे । सबै रिट खारेज गर्दै अदालतले यस्ताे आदेश जारी गरेकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च