रैनादेबी छहरा गाउँपालिकाले अबदेखि राष्ट्रियगानबाट कार्यालयको काम सुरु गर्ने

तानसेन । रैनादेबी छहरा गाउँपालिकाले कार्यालयबाट प्रवाह गरिने सेवा दिनुभन्दा अगाडी राष्ट्रिय गान गाएर नियमित रूपमा कार्यालयको काम शुचारू गर्ने कार्यको शुभारम्भ गरेको छ । पालिकाले बिहान १० बजे सबै कर्मचारीहरुलाई प्रशासनको प्राङ्गणमा उभ्याएर राष्ट्रिय गान गाउन लगाएर काम सुरु गरेको हो ।
प्रमुख प्रशासकृय अधिकृत कृष्ण प्रसाद तिमिल्सिनाले “यस प्रकृयाले कर्मचारीमा समेत राष्ट्रप्रतिको समर्पणको भाव, राष्ट्र प्रतिको अपनत्वको भावको समेत बिकास भइ, लगनशिलतापूर्वक काम गर्ने हौसलाका साथै कर्मचारी समेत समयमै कार्यालयमा हाजिर हुने बानीको समेत बिकास हुन्छ”। उहाँले यस कार्यलाई निरन्तरता दिईने बताउँदै यसले कर्मचारी र सेवाग्राही दुबैलाई समेत अनुशासित हुन टेवा पुग्ने बिश्वास रहेको समेत बताउनुभयो ।
गाउँपालिकाले पालिकाका विभिन्न स्थानबाट आएका सेवा ग्राहीहरूको काम छिटो छरितो रूपमा सम्पन्न गराउन तथा कार्यालयका कर्मचारीहरूलाई नियमित रूपमा एउटै समयमा उपस्थितका लागि गाउँपालिकाले कार्यालयको नियमित कार्य शुरू गर्नु अघि बिहानमा राष्ट्रिय गानको शुभारम्भ गरेको हो ।
गाउँपालिका अध्यक्ष रूक्मागत भट्टराईले गाउँपालिकाले शुरूवात गरेको यस कार्यले राष्ट्र प्रतिको सम्मानसँगै कर्मचारी र जनप्रतिनिधिबिच आपसमा भेटघाट,मेलमिलापको वातावरण समेत सिर्जना गर्ने बताउनुभयो ।
कर्मचारीलाई सेवा प्रवाहप्रति उत्तरदायी बनाई नियमित समयमै कार्यालयमा उपस्थित गराउनका लागी प्रत्येक दिन बिहान १० बजे राष्ट्रिय गान गाउने र लगत्तै सेवाग्राहीको काम गर्ने उद्देस्यले कार्यक्रमको थालनी गरिएको हो ।
लाईनमा बसेर राष्ट्रिय गान गाउने सबै कर्मचारीहरुले आफ्नो कर्मचारी परिचय पत्र, सरकारी कर्मचारीले लगाउने पोषाक लगाएर उपस्थित हुने वातावरण यसले बनाएको भन्दै कार्यालयमा उपस्थित हुने समयमा एकरुपता आउने र काममा पनि सुधार हुने अध्यक्ष रूक्मागत भट्टराईको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च