तानसेन । रैनादेवी छहरा गाउँपालिकाले वाड नम्बर ८ सत्यवतीमा मा रहेको सत्यवती माध्यमिक विद्यालयमा आज देखी नर्स कार्यक्रमको शुभारम्भ गरेको छ ।
विद्यालय तहमै प्राथमिक स्वास्थ्य सेवा, सरसफाइ, पोषण, महिनावारी तथा प्रजनन स्वास्थ्यजस्ता सेवाको पहुँच पुर्याई विद्यार्थीको स्वास्थ्य अवस्थामा सुधार ल्याउन ‘विद्यालय नर्स’ कार्यक्रम सुरु गरिएको हो । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जीवन रानाले बताउनु भयो ।
“विशेषगरी किशोरीलाई यो कार्यक्रम बढी लाभदायी देखिएको छ, महिनावारीदेखि प्रजनन स्वास्थ्यबारे सचेतना बढेको छ, विद्यार्थीलाई सामान्य चोटपटक लाग्दा र बिरामी हुँदा प्राथमिक स्वास्थ्योपचार पनि विद्यालयमै हुन्छ”, प्रमुख जीवन रानाले भन्नुभयो ।
नर्स कार्यक्रमको शुभारम्भ गदै गाउँपालिका अध्यक्ष रुक्मागंत भटराईले गाउँपालिकाले महत्वका साथमा शुरुआत गरेको एक विद्यालय एक नर्स कार्यक्रमले विद्यालयका सम्पूर्ण गतिविधिमा परिवर्तन आउनुको साथै समग्र विद्यालयको प्रगति हुने भन्दै बालबालिकाको आनीबानी र जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउन सो कार्यक्रमबाट टेवा पुगेको बताउनुभयो ।“छोटो समयमै विद्यालय नर्स कार्यक्रम प्रभावकारी देखिएको छ, यसबाट स्वास्थ्य शिक्षा प्रवद्र्धनमा समेत मद्दत पुगेको छ”, उहाँले भन्नुभयो, “बालबालिकाले व्यवहार परिवर्तन र स्वास्थ्यको आधारभूत ज्ञान विद्यालयबाटै पाएका छन ।” विद्यालयमा यस्ता खालका कार्यक्रमले महिलाको समस्या महिलाले नै बुझ्ने भएकाले किशोरीहरुले आफ्ना समस्या नर्स सँग निर्धक्क राख्न सक्ने भएको आगामी दिन गाउँपालिका अन्य विद्यालयमा समेत यस्ता कार्यक्रमले निरन्तरता पाउने बताउनुभयो ।
उपाध्यक्ष युवराज थापाले “सरकारको नीति, बजेट तथा कार्यक्रमले पनि यसलाई समेटेको छ, एकैसाथ धेरै विद्यालयमा लागू गर्न स्रोतले भ्याउने अवस्था नभए पनि कार्यक्रम विस्तार गर्नुपर्नेमा हाम्रो जोड छ”, उहाँले भन्नुभयो ।“विशेषगरी किशोरीलाई यो कार्यक्रम बढी लाभदायी देखिएको छ, महिनावारीदेखि प्रजनन स्वास्थ्यबारे सचेतना बढेको छ, विद्यार्थीलाई सामान्य चोटपटक लाग्दा र बिरामी हुँदा प्राथमिक स्वास्थ्योपचार पनि विद्यालयमै हुन्छ”, उपाध्यक्ष थापाले भन्नुभयो ।
नर्सिङ सेवाका लागि विद्यालयले छुट्टै कोठाको व्यवस्था गरेको छ । “अरु विषयको कक्षा खाली हुँदा पनि स्वास्थ्य सुरक्षा र हेरचाहबारे विद्यार्थीलाई जानकारी दिने व्यक्तिगत सरसफाइ, पोषण सुधार, प्रजनन स्वास्थ्यजस्ता विषयमा विद्यार्थी सचेतना “किशोरीहरूलाई महिनावारी सरसफाइ तथा व्यवस्थापनबारेमा अभिमुखीकरण पनि गर्ने विद्यालयले जनाएको छ ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष युवराज थापा निमित्त प्रमुख प्रशासकीय अधिकृत लिलामणि बश्याल, शिक्षा अधिकृत निशा पाण्डे, मेडिकल अधिकृत डा शिशिर कुमार पटेल, आठ नम्बरका वडाध्यक्ष रेम बहादुर राना, ६ नं वडाध्यक्ष दोम बहादुर घर्ती बिधालयका प्रअ अर्जुन मरासिनी स्थानीय जनप्रतीनीधि छिमेकी बिधालयका प्रअहरु राजनिति दलका प्रतिनिधि लगायतको उपस्थीत रहेको थियो ।
छहराको भैरव मावि बाट सुरु भएको कार्यक्रम प्रभावकारी बन्दै गाउँपालिकाले अन्य विद्यालयमा पनि कार्यक्रम लागुगरेको स्वास्थ्य शाखाले जनाएको छ ।
कार्यक्रममा बाजागाजा सहित बिभिन्न सास्कृतीक कार्यक्रम समेत प्रस्तुत गरेको गाउँपालिकाका सुचना प्रविधि अधिकृत नारायण मल्ले जानकारी दिनुभयोे ।