भूकम्प पीडितलाई रैनादेवी छहराको सहयोग

पाल्पाको रैनादेवी छहराले जाजरकोट र रुकुम पुर्वका भूकम्प पीडितलाई सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । गाउँपालिकामा बसेको बैठकले भुकम्प प्रभावितका लागि ३ लाख रुपैया बराबरको आर्थिक सहयोग गर्ने भएको छ ।

रैनादेवी छहराका जनप्रतिनिधिहरु भूकम्प प्रभावित क्षेत्रमा , राहत, उपचार, पुनस्र्थापना पुनःनिर्माण लगायतका कार्यमा सहयोग गर्न उक्त रकम दिने निर्णय भएको छ ।गाउँपालिका अध्यक्ष रुक्मागंत र उपाध्यक्ष युवराज थापाले ५ दिनको तलब वडा अध्यक्षहरुले २ दिनको तलब र अन्य वडा सदस्यहरुले १ बराबरको तलब बाट सहयोग गर्ने निणर्य भएको गाउँपालिकाले जनाएको हो।

गाउँपालिकाले भुकम्पमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सबैलाई सक्दो सहयोग गर्न समेत अपील गरेको गाउँपालिका अध्यक्ष रुक्मागंत भटराईले बताउनु भयो ।
संकल भएको राहत रकम नेपाल सरकारको प्रधानमन्त्री दैविक प्रकोप उद्दार कोष मार्फत सहयोग रकम जम्मा गरिने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च