बल्खुमा युवा संघ र दुर्गा प्रसाईका समर्थकबीच झडप

काठमाडौं । प्रशासनले दुर्गा प्रसाईंको अभियानलाई प्रदर्शनका लागि तोकेको स्थान बल्खु क्षेत्रमा युवा संघ र प्रसाई समर्थकबीच झडप भएको छ ।

कालिमाटीबाट युवा संघका कार्यकर्ता बल्खुमा आएपछि बल्खुमा रहेका दुर्गा प्रसाईं समर्थक र युवासंघका कार्यकर्ताबीच झडप भएको प्रहरीले जनाएको छ । अहिले त्यहाँको अवस्था तनावग्रस्त बन्दै गएको छ।

प्रहरीले माइकिङ गरेर उनीहरुलाई आ-आफ्नो कार्यक्रम स्थलमा जान निर्देशन दिएको छ । प्रशासनले प्रसाईंलाई बल्खु चोक र युवा संघको लागि तीनकुनेमा प्रदर्शनका लागि स्थान तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च