तानसेन। लुम्बिनी र गण्डकी प्रदेशको सीमा क्षेत्र राम्दीधाममा एकादशी मेला लागेको छ । हरि बोधिनी एकादशीको अवसरमा कालीगण्डकी स्थान गर्नका लागि आउने भक्तजनका कारण मेला लोको हो ।
एकादशीको दिन बिहानैदेखि पाल्पा र स्याङ्जासंगै देशका विभिन्न स्थानबाट आएका भक्तजनले कालीगण्डकी स्नान गर्नुका साथै पूजाआजामा सहभागी भएका थिए ।
राम्दीधाममा पुगेका भक्तजनले काली स्नान गरेपछि नजिकै रहेको सुनगुफामा दर्शन र पूजा गरेका थिए भने राम मन्दिर र राम जानकी मन्दिरमा गएर पूजा गरेका थिए । मेला भर्न पुगेका भक्तजनले स्थानीय उत्पादन खरिद गरेका थिए भने यो वर्ष लागेको मेलामा पनि सहभागी बनेका थिए ।
राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान पाल्पाको आयोजनामा राम्दीमा कलाकार सम्मान, प्रतिभा प्रस्तुती, शंका फुक्ने कार्यक्रम तथा गीत प्रस्तुतीलगायतका कार्यत्रम राखेको थियो सो कार्यक्रममा पनि सयौं भक्तजन रमाएका थिए ।