गुल्मीको एक टेक्निकल शिक्षालयले यस बर्षदेखी एच.ए पढाउन सुरु गरेको छ।
जिल्लाको सदरमुकाम तम्घासमा रहेको तम्घास टेक्निकल शिक्षालयले यस बर्षदेखी एच.ए तीन बर्षे काेर्षको सुरु गरेको छ।
बि सं २०५२ सालदेखी उक्त शिक्षालयमा अनमी र सि एम ए पढाई हुने गरेको र पछील्लो केही समय यता अनमी र सि.एम.ए पढाइ हुन छाडेपछि एच.ए पढाउन सुरु गरेको शिक्षालयले जनाएको छ।
तम्घास टेक्निकल शिक्षालयमा अध्ययन गरेका ५२ प्रतिशत बिद्यार्थी गुल्मिकै स्वास्थ्य क्षेत्रमा आवद्द रहेको शिक्षालयका अध्यक्ष्य शेरबहादुर थापाले बताउनु भयो।
यहाँ अध्ययन गर्न गुल्मी लगायत बाहिरी जिल्लाबाट समेत बिद्यार्थीहरु पुग्ने गर्दछन।