सन्धिखर्क । छत्रदेव गाउँपालिकाको आयोजनामा मोतिविन्दुको निःशुल्क अप्रेसन सिविर सम्पन्न भएको छ । नेपाल नेत्रज्योति संघ, अर्घाखाँची आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा गाउँपालिकाको छत्रगञ्ज स्वास्थ्य चौकीमा शिविर भएको हो ।
शिविरमा १सय२२ जनाले आँखाको चेक गराएका छन भने २३ जनाले मोतिविन्दुको अप्रेसन गरेको स्वास्थ्य शाखा प्रमुख बुद्धिराम न्यौपानेले जानकारी दिनुभयो ।
शिविरमा डा. सुचन पुन, अर्घाखाँची आँखा उपचार केन्द्र प्रमुख सागर घिमिरे, छत्रदेव प्राथमिक आँखा उपचार केन्द्रका सुजाता भण्डारीले बिरामीको उपचार गर्नु भएको थियो ।उक्त शिविरमा छत्रगञ्ज स्वास्थ्य चौकी प्रमुख प्रकाश पोख्रेल, केरुङ्गा स्वास्थ्य चौकी प्रमुख हरि प्रसाद पोख्रेलको सहभागीता रहेको थियो ।
उद्घाटन कार्यक्रममा अध्यक्ष चन्द्रमान श्रेष्ठ, उपाध्यक्ष मनि पन्थी, प्रमुख प्रशासकीय अधिकृत भेषराज घिमिरे, वडाअध्यक्षहरु कमल पौडेल, नारायण प्रसाद पाण्डे, वडा नम्बर ५ कार्यवाहक वडा अध्यक्ष लिलाधर पौडेल लगायतको सहभागीता रहेको थियो।