गुल्मीका एक युवाको भारतमा रेल दुर्घटनामा मृत्यु

गुल्मी । गत बिहीवार दिउँसो करिव १२ बजेतिर भारतको महाराष्ट्र स्थित रेलमा यात्राका क्रममा दुर्घटनामा परेका गुल्मी पराल्मि घर भएका अन्दाजी २० वर्षिय चित्रबहादुर पाच्याको हिजो उपचारका क्रममा मृत्यु भएको भएको छ ।

जिल्लाको रेसुङ्गा नगरपालिका १४ पराल्मि स्थित यमबहादुर पाच्याका छोरा चित्रबहादुर गत बिहीवार महाराष्ट्रको उल्लास नगर स्थित रेलको लिकमा बेहोस अबस्थामा भेटिएका थिए । उनको हिजो मृत्यु भएको जानकारी आएको त्यस वडाध्यक्ष त्यस वडाध्यक्ष धन बहादुर पुनले जानकारी दिए ।

त्यस दिन उनी रेल्को लिकमा दुर्घटनामा परेको जानकारीमा आए पछि प्रवासि नेपाली सम्पर्क विभाग महाराष्ट्रका सभापति राज रोकाय, उल्लास नगर समिति शभापयि शंकर बिक , प्रवक्ता खबत बिश्वकर्मा लगायतका नेपालीहरुले रेल्वे पुलिसको सहयोगमा उल्लास नगरको सेन्ट्रल हस्पिटलमा पुराएका थिए । घटनास्थलदेखि अस्पतालसम्म रहेका गुल्मी कै छत्रकोट गाउँपालिका–३ धरमपानीका बिष्णु गौतमले उपचारकै क्रममा हिजो उनको मृत्यु भएको जानकारी दिएका छ्न ।

सभापति रोकायले खोजतलास गर्दै जाँदा साढे दुई घण्टा पछि महाराष्ट्रमै रहेका घाइतेका बाबु यमबहादुरलाई सम्पर्कमा ल्याएको गौतमले बताए। घाइतेका छिमेकी पराल्मिका सुशील सुर्यबंशीका अनुसार एक वर्ष अघि उनीहरु बाबु छोरा भारतको रोजगारीमा गएका थिए । गाउँमा गणेश भनेर चिनिने चित्रबहादुर पुना भन्ने ठाउँमा रेलमा जाँदै थिए । उनी रेलबाट आफै खसे वा खसाईयो ? भन्ने बारे आफन्जन स्पष्ट हुन सकेका छैन्न । उनीहरुले छानवीनका लागि प्रवासि नेपाली संघ सस्थाहरु संघ आग्रह गरेका छ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च