मुख्यमन्त्री केदार कार्की सवार गाडीमा आक्रमण

झापा, २६ मंसिर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमाथि आक्रमण भएको छ । मंगलबार झापामा आयोजिक एक कार्यक्रममा सहभागी हुन आउने क्रममा दमक नगरपालिका–५ स्थित सगरमाथा पेट्रोल पम्पअगाडि मुख्यमन्त्री कार्की सवार गाडीमा ढुंगा प्रहार भएको हो ।

ढुंगा प्रहारबाट मुख्यमन्त्री चढ्ने गाडीको सिसा चर्किएको र मुख्यमन्त्री कार्की सकुशल रहेका प्रहरीले जनाएको छ । कालो झण्डा देखाउँदै आक्रमण गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । ‘पहिचानवादी’ कार्यकर्ताले मुख्यमन्त्री कार्कीलाई कालोझण्डा देखाउँदै उनी सवार गाडीमा ढुंगा प्रहार गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च