काँग्रेसले समुदायमा काँग्रेस अभियान सञ्चालन गर्ने

तानसेन । काँग्रेसले समुदायमा काँग्रेस अभियान सञ्चालन गर्ने भएको छ। आगामी पुस १६ देखि माघ १६ गतेसम्म वडा तहका पार्टी प्रतिनिधि परिचालन गरी अभियान सञ्चालन गर्ने भएको हो ।

प्रेस युनियन पाल्पाले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री गगन कुमार थापाले उक्त अभियान राष्ट्रव्यापी रुपमा गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो यो अभियान वडा तहसम्म सञ्चालन हुनेछ ।
अभियानका लागि ७७ वटै जिल्लामा प्रतिनिधि खटाई अभियान सञ्चालन गर्ने तयारीमा काँग्रेस रहेको बताउनु भयो ।
सरकार परिर्वतनको विषयमा प्रत्रकारहरुले उठाएको प्रश्नको जवाफमा महामन्त्री थापाले तल्कालै सरकार परिर्वतन गर्ने पक्षमा काँग्रेस नरहेको बताउनु भयो । बरु काँग्रेस अहिले विरुद्धमा लागेको बताउनु भयो ।
पत्रकार भेटघाट कार्यक्रममा जिल्ला सभापति,सचिव काँग्रेसका जिल्ला तथा स्थानिय तहका नेता,प्रेस युनियनका केन्द्रिय उपसभापति र पत्रकारहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम प्रेस युनियन पाल्पाका अध्यक्ष मन गहिरेको अध्यक्षता र सचिव विष्णु प्रसाद घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च