प्राथमिक तह स्तरीय शैक्षिक सामग्री प्रदर्श-नी मेला रामपुरमा सम्पन्न

पाल्पा , रामपुर नगरपालिकामा शैक्षिक सामग्री प्रदर्श-नी सम्पन्न भएको छ । रामपुर नगरपालिकाको आयोजनामा प्राथमिक तह स्तरीय शैक्षिक सामग्री प्रदर्श-नी कार्यक्रम शुक्रबार सम्पन्न भएको हो ।
नगरपालिका भित्रका प्राथमिक तहमा सञ्चालित ३० विद्यालय मध्ये २८ वटा प्राथमिक विद्यालयको सहभागितामा शैक्षिक सामग्री प्रद-र्शन गरिएको हो । विद्यालयमा कक्षा शिक्षणको क्रममा प्रयोग गरिने शैक्षिक सामग्री , रहन सहन र संस्कृति अनुसारका सामग्री , दैनिक जिवनयापनमा प्रयोग गरिने मौलिक सामग्रीहरु प्रद-शर्नीमा राखिएको थियो । विद्यालयमा कस्ता कस्ता शैक्षिक सामग्रीहरु प्रयोग गरिरहेका छन् र के के सामग्री कसरी प्रयोग गर्ने लगाएतका विषयमा जानकारी लिन र दिनका लागि शैक्षिक सामग्री प्रद-शर्नी कार्यक्रमको आयोजना गरिएको रामपुर नगरपालिकाका कार्यवहाक नगर प्रमुख तथा उपप्रमुख बाल कुमारी थापाले बताउनुभयो । यो कार्यक्रमले कक्षा शिक्षणलाई प्रभावकारी बनाउनका लागि शैक्षिक सामग्रीको प्रयोग , यसको उपयोगिता र महत्व बुझाउन सघाउ पुगेको उपप्रमुख थापाले बताउनुभयो ।

शिक्षकहरुलाई शैक्षिक सामग्री तयार पार्न सिकाउन र अनुभव आदानप्रदानका लागि पहिलो प्रयासको रुपमा प्रद-र्शनी मेलाको आयोजना गरिएको रामपुर नगरपालिकाका शिक्षा शाखा अधिकृत विकल काफ्लेले बताउनुभयो । साथै पहिलो प्रयासको रुपमा प्राथमिक तहमा शिक्षण गराउने शिक्षकहरुले बनाएको शैक्षिक सामग्री प्रद-र्शन गरिएको र उत्कृष्ट विद्यालयलाई पुरस्कृत गरिएको शिक्षा अधिकृत काफ्लेले बताउनु भएको छ । प्रद-र्शनीमा विरेन्द्र प्राथमिक विद्यालय रामपुर ८ प्रथम , ज्ञानमञ्जरी प्राथमिक विद्यालय रामपुर १ द्धितिय र शान्ती प्राथमिक विद्यालय रामपुर १ तृतिय भएको छ । उत्कृष्ट शैक्षिक सामग्री निर्माण गरि प्रथम , द्धितिय र तृतिय हुने विद्यालयले क्रमश नगद १० हजार , ७ हजार ५ सय र ५ हजार रुपैयाँ सहित प्रमाण पत्र प्राप्त गरेको छ ।
रामतुलसी माध्यमिक विद्यालय रामपुर ५ वेझाँडमा भएको प्रदश-र्नीमा कक्षा शिक्षणमा प्रयोग गरिने विभिन्न हस्तकलाका सामग्रीहरु राखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च