पाल्पा -माथागढी गाउँपालिका पाल्पामा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको आयोजनामा माथागढी ३ कसेनीस्थित सराई खेल मैदानमा बिहीबारदेखि प्रतियोगिता सुरु भएको हो ।
१६ विधाका ५४ खेल सगै प्रतियोगिता तीन दिनसम्म चल्नेछ । पालिकाभित्रका १३ विद्यालयका विद्यार्थी सहभागी छन ।
तीन सय ३८ छात्रा २५५ छात्र गरी पाँच यस ९३ विद्यार्थीको सहभागितामा सुरु भएको खेलले विद्यार्थीलाई शारीरिक र मानसिक रुपमा सवल र सक्षम बनाउन सहयोग पुग्ने गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले जानकारी दिनुभयो ।
माथागढी पालिकाले खेलकुदलाई प्राथमिकतामा राखेर विभिन्न कामहरु गरेको बताउँदै अध्यक्ष चिदीले स्वास्थ्यलाई ध्यानमा राखेर खेलकुदमा आकर्षित गर्न गतिविधि गर्दै आएको समेत बताउनु भयो ।
प्रतियोगितामा स्वर्ण, रजत र कास्य गरी दुई सय ३४ पदक रहेका छन रनिङ शिल्ड अन्तरगत भलिबल, कबडी, हाइजम्प, लङ्जम्प, कराते, कातालगायतका खेलहरु खेलाइने आयोजकले बताएको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य नारायण आचार्यले पालिकास्तरीय खेलबाट राष्ट्रिय, स्तरसम्म खेलाडी उत्पादनमा प्रतियोगिताले महत्पुर्ण भुुमिका खेल्ने बताउदै अब सबै स्थानिय तहबाट अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्नुपर्ने बताउनु भयो ।
लुम्बिनी प्रदेश सभा सदस्य खेमबहादुर सारुले खेल क्षेत्रको माध्यमबाट विद्यार्थीको प्रतिभा पहिचान हुने हुँदा खेलाडीले इमान्दारपूर्वक स्वच्छ प्रतिस्पर्धा गरेर आफ्नो र विद्यालयको नाम सहभागी खेलाडीलाई आग्रह गर्नुभयो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख हेरम्ब शर्मा, माथागढी ३ का वडाध्यक्ष तेजबहादुर घर्तीमगर, जिल्ला खेलकुद विकास समिति पाल्पाका अध्यक्ष दीपक घिमिरे, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीरामराना लगायतले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।