पाल्पा जाँदै गरेको टिपर गिद्धे भिरमा दुर्घटना, आमा-छोरीको मृत्यु

पाल्पा । रुपन्देहीको देवदह नगरपालिका–६ स्थित गिद्धे भिरमा टिप्पर दुर्घटना हुँदा आमा छोरीको मृत्यु भएको छ ।

देवदहको खैरेनीदेखि पाल्पाको माथागढी बालुवा लिएर जादैं गरेको लु २ ख ४५०९ नम्बरको टिप्पर विपरीत दिशाबाट आउँदै गरेको सवारीलाई साइड दिने क्रममा बिहिवार बेलुकी साँझ दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी माथागढ़ी गाउँपालिका ६ रहबासका ३५ वर्षीया भिमिसरा सारु र उनकी ६ वर्षीषा छोरी स्वरस्वती सारुको मृत्यु भएको राजर्माग सुरक्षा तथा सडक व्यवस्थापन कार्यालय बुटवलले जानकारी दिएको छ । साथै सोही दुर्घटनामा परी टिपरका चालक देवदह नगरपालिका ७ का २७ वर्षीय सुकदेव वारखरे र माथागढ़ी गाउँपालिका ६ की २२ वर्षीया सृजना सारु घाइते भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च