रिब्दीकोटका कृषि सहकारीलाई सुन्तला जुस उत्पादन तथा प्याकेजिङ्ग तालिम तालिम प्रदान

पाल्पा – रिब्दीकाेट गाउँपालिकाले सुन्तला उत्पादन क्षेत्रका कृषि सहकारी कर्मीहरुका लागि सुन्तला जुस उत्पादन तथा प्याकेजिङ्ग तालिम प्रदान गरेको छ ।

गाउँपालिकाले सीप सिकौं स्वरोजगार बनौं भन्ने नाराका साथ पाैष २७ गते देखि माघ ४ गते सम्म तालिम प्रदान गरेको हाे । तालिम घरेलु तथा साना उधाेग कार्यालय पाल्पाको आयोजना एवम रिब्दीकोट गाउँपालिकाको समन्वयमा सम्पन्न भएको हाे ।

तालिमकाे समापन कार्यक्रम उधाेग अधिकृत श्याम कुमार पौडेलको अध्यक्षतामा सम्पन्न भएको हाे । कार्यक्रमका प्रमुख अतिथि रिब्दीकाेट गाउँपालिकाका उपाध्यक्ष कान्ता अधिकारीले तालिममा सिकेका कुरालाई व्यवहारिकता प्रदान गरि सिपकाे सदुपयोग गर्न सहभागीहरूलाई आग्रह गर्नु भएको छ ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मदन अर्याल, वडा न. ३ का वडा अध्यक्ष नारायण बहादुर के.सि र वडा न. ७ का वडा अध्यक्ष दान बहादुर कुवर लगायत सम्बन्धित सरोकारवाला पक्षहरुको उपस्थितिमा रिब्दीकोट गाउँपालिका वडा न. ३ को वडा कार्यालय खस्यौली पाल्पामा कार्यक्रम सम्पन्न भएको हाे ।

समापन कार्यक्रममा सहभागिहरुलाइ प्रमाण पत्र बितरण गरिएको थियाे । कार्यक्रम सञ्चालन कार्यक्रम संयाेजक मनाेज घिमिरेकाे सञ्चालनमा सम्पन्न भएको थियाे । ३४ जना सहभागी रहेकाे तालिममा वडा न २,३,४ ,५ र ७ का कृषि सहकारीकर्मीहरूकाे सहभागीता रहेको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च