रैनादेबी छ्हरामामाघ ८ गते देखी राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता सञ्चालन हुने

पाल्पा-पाल्पाको रैनादेबी छहरा गाउँपालिका वडा न ४ कटाैजे पानी खेल मैदानमा माघ ८ गते देखी १० गते सम्म पाचौं राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ ।
गाउँपालिकाले स्वास्थ्यका लागि खेलकुद .राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ पाँचौ रैनादेबी छ्हरा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियाेगिता सञ्चालन गर्न लागेको जनाएको छ ।

प्रतियाेगितामा पालिका अन्तर्गतका बिधालयहरुका विद्यार्थीहरुलाई सहभागी गराई छिट्टै सञ्चालन हुन गइरहेको जिल्ला,प्रदेश र संघीय रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियाेगितामा विद्यार्थीहरूलाई सहभागी गराउने उधेश्यले गाउँपालिका स्तरीय रनिङ्ग सिल्ड प्रतियाेगिताकाे आयाेजना गर्न लागिएको गाउँपालिकाका खेलकुद विकास समितिका संयाेजक नारायण कार्कीले जानकारी दिनुभयाे ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका बमोजिम आयोजना गरिने प्रतियोगितामा कबड्डी, पुरूष भलिबल,महिला भलिबल ,रिले दाैड प्रतियाेगिता सञ्चालन गरिने पालिकाका खेलकुद विकास समितिका संयाेजक कार्कीले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष रूक्मागत भट्टराईले खेलाडी र खेलकुद क्षेत्रको बृद्धि विकासका लागि पाँचाै पटक राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताले महाेत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो ।

प्रतियाेगिताले स्थानीय स्तरमा रहेका खेलाडीहरूकाे पहिचान हुनुकाे साथै राष्ट्रिय खेलाडीहरूकाे उत्पादनमा टेवा पुग्ने बताउनुभयो ।

गाउँपालिकाकाे कार्यालयमा शुक्रबार बसेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिको बैठकले ३ दिन प्रतियोगिता आयोजना गर्ने र पालिका भित्रका सबै विद्यालयलाई सहभागी गराउने गरी प्रोत्साहन गर्ने निर्णय समेत गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद तिमिल्सिनाले जानकारी दिनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च