जाडो बढेपछि बुटवल उपमहानगरपालिकाले दियो ३ दिन विदा

बुटवल । अत्याधिक जाडो बढेपछि बुटवल उपमहानगरपालिकाले ३ दिन विद्यालयलाई जाडो विदा दिने भएको छ । उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले एक सूचना जारी गरि उपमहानगर भित्रका सबै विद्यालयमा माघ ७ गतेदेखि ९ गतेसम्म विदा दिने बताएका हुन् ।

‘यस उपमहानगरपालिका अन्तर्गत संचालित सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरुमा गरिने जाडो बिदा सम्वन्धमा यस उपमहानगरपालिकाको मिति २०८०/१०/०५ को निर्णयानुसा अत्यन्तै जाडो बढेको कारण यस उपमहानगरपालिका अन्तर्गत संचालित सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरुमा मिति २०८०/१०/०७ गतेदेखि मिति २०८०/१०/०९ गते तिन दिनसम्मको लागि जाडो बिदा (हिउदे बिदा) गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।’- सूचनामा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च