रिब्दीकोट गाउँपालिकामा पाँचौँ पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

पाल्पा रिब्दीकोट गाउँपालिका पाल्पामा पाँच औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । तीन दिनसम्म चल्ने गाउँपालिका स्तरीय प्रतियोगिता वडा नं. ५ को नयाँटोलास्थित लक्ष्मी आधारभुत विद्यालयको प्रागणमा सुरु भएको हो ।

पालिकाभित्रका जम्मा १२ विद्यालय सहभागी रहेको प्रतियोगितामा १२ विधाका लागि दुई सय ६३ छात्र तथा दुई सय २७ छात्र गरी कुल चार सय ९० विद्यार्थी सहभागी छन । स्वर्ण, कास्य र रजत गरी २९ पदकका लागि प्रतियोगिता सुरु भएको छ । प्रतियाृगितामा महिला, पुरुष भलिबल, हाइजम्प, लङ्जमप, सय, दुइ सय चार सय र ८ सय मिटरको दौड, रिले,ज्याव्लिङ्ग लगायतका खेलहरु खेलाइने छ ।

प्रतियोगिताको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती बसन्तले विद्यालय तहदेखि नै खेल जगतलाई प्राथमिकतामा राखिएको हुँदा सक्षम विद्यार्थी र खेलको माध्ययमबाट देश विदेशमा पहिचान बनाउन यस्ता प्रतियोगितले सहयोग पुग्ने बताउनु भयो । स्कुले विद्यार्थीको चौतर्फी विकासका लागि राज्यले प्राथमिकतामा राखेर राष्ट्र प्रमुखको पदबाट राखिएको यस्तो प्रतियोगितामार्फत बालबालिकालाई अवसर प्रदान गर्ने तथा उनीहरुलाई किताबी ज्ञानसंगै शारीरिक र मानसिक ज्ञानको विकासका लागि राज्यले लगानी गरेको बताउनु भयो । उहाँले अहिले वडा, पालिका, प्रदेश र संघीय सरकारबाट खेलकुदका लागि विभिन्न चरणमा बजेट विनियोजन भइ पूर्वाधारको विकास समेत भएको अवस्थामा खेलको माध्यममबाट पनि देशको नाम राख्ने कार्यमा लाग्न विद्यार्थीलाई अनुरोध गर्नुभयो । फरक प्रशंगमा सभामुख घर्तीले पछिल्ला समय संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयको चरणमा देखिएको समस्या समाधानका लागि सबै गम्भीर हुनुपर्ने बताउनु भयो ।

कार्यक्रममा रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले रिब्दीकोटबाट राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न योग्य खेलाडी उत्पादनमा पालिकाले पर्याप्त लगानी गर्ने बताउनु भयो । उहाँले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताप्रतिको आकर्षण र रिब्दीकोटमा विद्यालयस्तरबाटै खेलाडी उत्पादनका लागि विद्यालयस्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्ने बताउनु भयो । विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्न सकेमा मात्रै खेल क्षेत्रको प्रगति हुनसक्ने र खेलबाटै जीविकोपार्जन गर्नसक्ने गरी जनशक्ति उत्पादन हुने बताउदैे विद्यालयहरुलाई खेलाडी उत्पादनमा पालिकाले पर्याप्त सहयोग गर्ने र त्यसका लागि विधागत रुपमा खेल क्षेत्रमा विद्यार्थीको आकर्षण बढाउन अध्यक्ष कार्कीले आग्रह गर्नुभयो ।

प्रतियोगितामा प्रमुख प्रशासकीय प्रमुख मदन अर्याल, नेपाली काङ्ग्रेसका जिल्ला सदस्य डाक्टर माधव थापा,नेकपा एमाले रिब्दीकोट गाउँपालिकाका अध्यक्ष बिष्णु प्रसाद खनाल, वडा न ५ का वडा अध्यक्ष मनबहादुर अस्लामी, पालिकास्तरीय गाउँपालिका खेलकुद विकास समितिका सदस्य गोमा मगर,आर्दश मावि देउरालीका प्रध्यानाध्यापक निर्मलप्रसाद खनाल लगायतले मन्तव्य राख्नु भएको गाउँपालिकाले जनाएको छ ।

शिक्षा शाखा प्रमुख मणी खनालको स्वागत मन्तव्य,लक्ष्मी आधारभुत विद्यालयका शिक्षक गोकर्ण खाम्चाको संचालन र पालिकास्तरीय खेलकुद विकास समितिका संयोजक झपेन्द्र पचभैंयाको अध्यक्षतामा प्रतियोगिता सञ्चालन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च