रैनादेवी छहरा पाल्पामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड सुरु

पाल्पा-पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा पालिका स्तरीय पाचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ ।

कटौजेपानी खेल मैदानमा सञ्चालन भएको प्रतियोगितामा ३ दिन सम्म चल्ने छ । राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा गाउँपालिकाका विद्यालयहरूले भलिबल, कबड्डी, एथ्लेटिक्स, सट पुट लगायतका खेलहरुमा सहभागीता जनाइरहेका छन ।

प्रतियोगिताको आज एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष रुक्मांगत भटराईले शुभारम्भ गर्नु भएको छ ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गदै अध्यक्ष भटराईले स्थानीयस्तरमा रहेका खेलाडीको क्षमता अभिवृद्धिका लागि गाउँपालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सञ्चालन गरिएको र खेलकुदको विकास र विस्तारको लागि स्थानीय सरकार सधै सकारातमक तरिकाले अगाडी बढेको बताउर्दै खेलकुदले सामाजिक भावनाको बिकास संगै अनुशासन सिकाउने भएकाले अध्ययन संगै बिद्यार्थिलाई खेलकुदमा सक्रिय हुन आबश्यक रहेको समेत बताउनुभयो ।

प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरुले रैनादेवी छहरा गाउँपालिकाको प्रतिनिधितत्व गर्दै जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउनेछन् ।
पाचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गाउँपालिकाका उपाध्यक्ष युवराज थापा,प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद तिमिल्सिनाको विशिष्ट आतिथ्यता, रहेको थियो ।

यस्तै ८ वटै वडाका वडाअध्यक्षहरू, कार्यपालिका सदस्यहरू, गाउँसभा सदस्यहरू, शिक्षा समितिका पदाधिकारीहरू, राजनीतिक दलका प्रतिनिधिहरू, गाउँपालिकाको कार्यालयका शाखा प्रमुखहरू तथा विद्यालयका प्रधानाध्यापकहरूको आतिथ्यता रहेको थियो ।
खेलमा प्रदेश स्तरका रेफ्री दिल बहादुर गाहा र नारायण सारु रहनु भएको छ। उद्घाटन सत्रको खेलमा महाकाली मावि मेहलढाप र रैनादेवी मावि भुवनपोखरीले प्रतिस्पर्धा गरेका थिय ।कार्यक्रममा शिक्षा साखा प्रमुख निशा पाण्डेको स्वागत तथा कार्यक्रमको सञ्चालन शिक्षा शाखाका राजाराम भाटले गर्नुभएको थियो ।

प्रतियोगिताको शुभारम्भ कार्यक्रममा उपाध्यक्ष युवराज थापा, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, गाउँसभा सदस्यहरू, शिक्षा समितिका पदाधिकारीहरू, राजनीतिक दलका प्रतिनिधिहरू, गाउँपालिकाको कार्यालयका शाखा प्रमुखहरू तथा विद्यालयका प्रधानाध्यापकहरूले खेलाडीहरुलाई हौसल्ला बढाउदै उत्कृष्ट प्रदर्शन गर्न प्रेरणा दिएका थिए ।

युवा तथा खेलकुद विकास समितिका संयोजक नारायण कार्कीको अध्यक्षता, खेल संयोजक राजाराम भाटको सञ्चालनमा कार्यक्रम भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च