तानसेन । किशोरीको सुरक्षा र आत्मरक्षा सीप विकासका लागि मोहन कन्या मा. वि. तानसेन पाल्पामा किशोरीलाई आत्मरक्षा एक महिने आत्मरक्षा तालिम आजदेखि सुरू भएको छ ।
सामाजिक विकास डिभिजन कार्यालय, पाल्पाको आयोजनामा तथा विद्यालयका समन्वयमा तालिमको आयोजना गरीएको सामाजिक विकास डिभिजन कार्यालयका पाल्पाका प्रमुख मित्र गौतमले बताउनु भयो । उहाँले सहभागी किशोरीलाई सुरक्षाका अतिरिक्त स्वस्थ शरीर, स्वस्थ विचार विकास हुने भएकाले शारीरिक एवम शैक्षिक विकासमा तालिमले सहयोग धारणा राख्नुभयो ।
किशोरी हिंसाबाट बच्न ,हिंसाको प्रकारबारे सचेतना फैलाउन र आफूमाथी आक्रमण भएमा कसरी प्रतिरक्षा गर्ने भन्ने विषयमा शारीरिक तथा सैद्धान्तिक तालिम प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक दिपक ज्ञवालीले जानकारी दिनुभयो ।
महिला हिंसा हुनुको कारण, कानुनी उपचार र घटना भइहाले कसरी न्यायका लागि लड्न सकिन्छ भन्ने विषयमा बालिका तथा किशोरीलाई शारीरिक तथा मनोवैज्ञानिक परामर्श प्रदान गरिनेछ ।
विद्यालयका प्रधानाध्यापक दिपक ज्ञवालीले विद्यालयलाई यो कार्यक्रमका लागि छनोट गरिएकोमा धन्यवाद ब्यक्त गर्दै नियमित सञ्चालनका लागि सहयोग गर्ने बताउनुभयो ।
प्रशिक्षक वीर बहादुर कुमालले सहजीकरण गर्ने यस तालिममा विद्यालयका ३० जना छात्राहरू सहभागी हुने विद्यालयले जनाएको छ ।