पाल्पा ,रेसुङ्गा गुल्मी जेसीजको दोस्रो पदस्थापन तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । जसको अध्यक्षमा युवा नेता पुण्यप्रसाद सुवेदी निर्वाचित हुनुभएको छ । रेसुङ्गा गुल्मी जेसीजले वर्ष २०२४ का लागि नयाँ समिति चयन गरेको हो ।समिति चयनसँगै जेसीजको दोस्रो पद हस्तान्तरण गरिएको छ ।
वर्ष २०२३ का अध्यक्ष विजय पन्थीले वर्ष २०२४ का अध्यक्ष पुण्यप्रसाद सुवेदीलाई चेन लगाईदिई पद हस्तान्तरण गर्नुभएको हो ।
वर्ष २०२४ का लागि अध्यक्ष सुवेदी सहित जेसीजका बोर्ड पदाधिकारीहरुले पनि पदभार ग्रहण गरेको प्रमुख निर्वाचन अधिकृत तथा पाल्पा जेसीज वर्ष २०२४ का सल्लाहाकार श्रीचन्द्र शक्यले बताउनु भयो ।
२०२४ का लागि अध्यक्षमा पुण्यप्रसाद सुवेदी, का.का उपाध्यक्ष सुरज पोखरेल, का.का उपाध्यक्ष संजय पन्थी, उपाध्यक्षहरुमा फर्सुराम पन्थी, दिपक पाण्डे, राजु कार्की, प्रकाश बूढाथोकी, जनसम्पर्क अधिकारीमा सागर पाण्डे, सहसचिवमा पुनाराम घिमिरे, महासचिवमा शिव भण्डारी, कानूनी सल्लाहकार सरोज अर्याल, कोषाध्यक्षमा यमबहादुर केसी.(सागर) तालिम आयुक्तमा साधना पौडेल, शाखा सम्पादकमा अर्जुन पोख्ररेल, प्रकरण निर्देशकमा अनिश पन्थी रहनु भएको छ ।
कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय समिति प्रमुख द्रोण बहादुर खत्री,बिशिष्ट अतिथि नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष गणेश सापकोटा , गुल्मी उधोग बाणिज्य सङ अध्यक्ष इस्वरी अर्याल , पाल्पा जेसीज वर्ष २०२४ का अध्यक्ष अर्जुन कार्की, रेसुङ्गा गुल्मी जेसीजका सस्थापक अध्यक्ष धर्मराज पाण्डे, तरुण दल केन्द्रिय सदस्य पुर्ण के. सि. , ने. बि. संघ केन्द्रिय सदस्य झबिन्द्र पाण्डे लगायतले नव निर्वाचित समितिलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।
पदभार ग्रहण गरेसँगै नवनियुक्त अध्यक्ष सुवेदीले रेसुङ्गा गुल्मी जेसीजले वर्ष २०२४ का लागि युवा लक्षित कार्यक्रममा विभिन्न तालिम तथा सेमिनार गरी युवा केन्द्रीत कार्यक्रममा जोड दिने बताउनु भयो ।
पद हस्तान्तरण कार्यक्रमा छिमेकी जिल्लाका जेसीजसका अध्यक्ष,तथा सदस्यहरु जिल्लाका राजनैतिक, जनप्रतिनिधि राजनैतिक दल वृद्दिजिवि पत्रकार समाजसेविको उपस्थिति रहेको थियो ।
कार्यक्रम वर्ष २०२३ का महासचिव सरोज अर्याल तथा वर्ष २०२४ का महासचिव शिव भण्डारीको सञ्चालन तथा वर्ष २०१२ का राष्ट्रिय उपाध्यक्ष शैलेन्द्र भट्टराईको निर्देशकतत्वमा सम्पन्न भएको थियो ।