आहा “शीत काव्य लोकार्पण

पाल्पा -नेपाली कविता साहित्यको इतिहासमा लघुतम काव्य उपविधाको रूपमा कल्पित शीतको काव्य कृति “आहा” लोकार्पण भएको छ ।

अलौकिक कवि देशभक्त सिंह प्रतिष्ठानद्वारा प्रकाशित एवं अलौकिक कवि देशभक्त सिंह कुँवरद्वारा लिखित शीत कृति “आहा ” को पोखरामा आयोजित बिशेष कार्यक्रममा प्रमुख अतिथि माननीय सभासद श्याम राजा महत, पृथ्वीनारायण क्याम्पस पोखराका पूर्व क्याम्पस प्रमुख जर्ज जोन र शीत परिकल्पनाकार पुष्कर अथक रेग्मीद्वारा संयुक्त रूपमा लोकार्पण गरियो ।

“आहा” शीत कृतिभित्र १४१४ वटा शीत संग्रह प्रकाशित गरी लेखक कवि देशभक्त सिंह कुँवर ईश्वरको रूपमा प्रतिष्ठापित भए । समारोहमा शीतका परिकल्पनाकार पुष्कर अथक रेग्मी ,, लगायतको चौथो शीत ईश्वरको रूपमा कवि कुँवरलाई दोसल्ला र सम्मानपत्रद्वारा चौथो शीत ईश्वरको रूपमा अभिनन्दित गरियो । शीतको नियम संरचना अनुसार १००८ भन्दा बढी शीत लेखी प्रकाशित गर्ने साधकलाई शीत ईश्वरको पदवीद्वारा विभूषित गरिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च