साहित्यकार आर.बि .निश्चलको कविता सङ्ग्रह उल्टो धार विमोचन

मन गहिरे- तानसेन,
धवल पुस्ताकालय पाल्पाको आयोजनामा साहित्यकार आर. बि निश्चलको कविता सङ्ग्रह उल्टो धार आज पाल्पामा विमोचन भएको छ ।बि. स. २०५२ साल देखि कविता लेख्न शुरु गरेका आर. बी.निश्चलका हाल सम्म मौन हिमाल २०६२, आँसु खस्दै गर्छ २०६३, पैतालाका पुकार २०७३ र किस्ता किस्तामा जिन्दगी २०७६ गरि चार वटा कविता सङ्ग्रह अनि एक खण्डकाब्य सपनाफूल २०६२ प्रकाशित छन भने उल्टो धार कविता सङ्ग्रह उनको पछिल्लो छैठो कृति हो ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्य कार एव गजलकार बुँद रानाले दिप प्रज्वलन गरि कार्यक्रमको उदघाटन गर्नु भएको थियो ।कृति बिमोचन गर्दै रानाले साहित्यको कठिन यात्रामा पनि आगो जस्तै शक्तिशाली कविताहरु लिएर अविरल अगाडि बढीरहेकोमा कृतिकारलाई बधाई दिनु भयो।

कृतिका समिक्षक एव आख्यानकार डा। शंकर प्रसाद गैरेले आर। बि। निश्चलका कविताहरुमा बिम्ब र प्रतिकको गहन प्रयोग भएकोले कविताहरु शक्तिशाली रहेको र छैठो कृति उल्टो धार अझै परिस्कृत भएर आएको बताउनु भयो।

कृतिकार आर. बि.निश्चलले आफ्नै भोगाइहरुले नै लेख्न सिकाएको कुरा व्यक्त गर्दै जीवन, समय र अस्थित्वमै आधारित रहेर सिर्जना गर्दै आएको बताउनु भयो।उल्टो धार कविता सङ्ग्रह भित्रका कविताहरु साहित्यकार बिश्व लोहनी ,साहित्यकार आयाम कार्की ,साहित्यकार महेन्द्र पन्थीले बाचन गर्नु भएको थियो ।

कार्यक्रममा रुपन्देहीका साहित्यकार तिलक लामिछाने ,प्रगतिशील लेखक संघका अध्यक्ष साहित्यकार राम प्रसाद अर्याल ,नारी साहित्य तथा सांस्कृतिक प्रतिस्ठान पाल्पाकी अध्यक्ष मन गहिरेले शुभकामना दिनु भएको थियो।

धवल पुस्तकालयका अध्यक्ष युवराज पौडेलको अध्यक्षतामा चलेको उक्त कार्यक्रममा साहित्यकार डा.टंक पन्तको स्वागत,धवल पुस्ताकालयका महासचिव राजेश कुमार अर्यालको संचालनमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च