पाल्पा । नेपाली काँग्रेसले ‘समुदायमा काँग्रेस’ अभियान सञ्चालनका लागि पाल्पामा तयारी थालिएको छ ।
अभियान झन्डै दुई सातासम्म सञ्चालन गर्ने तयारी काँग्रेसको छ।शनिबारदेखि माघ २६ गतेसम्म सो अभियान सञ्चालन सुरु भएको छ।
नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले माघ १६ गतेदेखि पाल्पाका ८१ वटै वडामा पुगेर काँग्रेसले छलफल र बैंठक चलाउन लागेको बताउनु भयो ।
उहाँले समुदायमा काँग्रेस अभियान अन्तर्गत नेताका भाषण नभई जनताको गुनासा र कुराहरु सुन्ने बताउनु भयो । हामी वडा–वडामा पुगेर विभिन्न उपभोक्ता समिति, विद्यालय व्यवस्थापन समितिका साथीहरुसँग बसेर जनताका गुनासा, समस्याहरुको सम्बोधन गर्न छलफल चलाउने छौं ’ उहाँको भनाई थियो ।
तोकिएका जिल्लाहरुमा भिन्न-भिन्न समुदायका बीचमा भ्रमण, भेटघाट र छलफलहरुको संयोजन पार्टी जिल्ला कार्यसमितिले गर्ने सभापति हिमालदत्त श्रेष्ठले जानकारी दिनुभयो ।
नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम प्रारम्भ भएको ‘समुदायमा कांग्रेस’ अभियानलाई पार्टीले झनै प्रभावकारी बनाउन लागेको बताउनु भयो ।
जिल्ला जिल्लामा केन्द्रीय प्रतिनिधि खटिसकेको र अभियानको कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै फरक फरक जिल्लामा फरक-फरक समुदायको बीचमा पुग्न र संवाद गर्न फरक-फरक टोली खटिने र टोलीमा केन्द्रीय नेतृत्व सँगसँगै प्रदेशले तोकेका पदाधिकारीहरू सरिक रहने पुनले जानकारी दिनुभयो ।
आइतबार पाल्पाको तानसेनमा नेपाल प्रेस युनियन पाल्पा शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सभापति पुनले गठबन्धनमा विषयगत समितिको नेतृत्वका लागि भागबण्डा मिलिसकेकाले कुनै समस्या नरहेको बताउदै,विषयगत समितिको नेतृत्व चयनका लागि गठबन्धन दलमा कुनै पनि समस्या नरहेको समेत धारणा राख्नु भयो ।
अभियानका क्रममा समुदायस्तरमा प्रत्यक्ष गई स्थानीय तहबाट हुने सेवा प्रवाह, विकास निर्माणको अवलोकन गरी नागरिकका गुनासा र सुझावलाई वडास्तरबाटै कार्यान्वयन गराउन पहलकदमी लिने नेपाली काँग्रेस पाल्पाले जनाएको छ ।
अभियानका लागि काँग्रेसले केन्द्रीय प्रतिनिधिलाई जिल्लास्तरमा खटाएको छ । लुम्बिनी प्रदेशमा विमलेन्द्र निधि,डा.डिला संग्रौला खटिने खटिनु भएको छ ।प्रेस युनियन पाल्पा शाखाकी अध्ययक्ष मन गहिरेको अध्यक्षतामा भेटघाट कार्यक्रम भएको थियो ।