पाल्पा । नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकरणमा निष्पक्ष छानविन हुने नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साले बताउनु भएको छ । राजनितिक संगठनहरुको दबाबमा नपरी केन्द्रले तय गरेको मापदण्ड अनुसार महासंघको सदस्यता शुद्धिकरण गर्न नेपाल प्रेस युनियनको माग राखेको उहाँले बताउनु भयो । शनिबार नेपाल प्रेस युनियन पाल्पा शाखाले आयोजना गरेको लुम्बिनी प्रदेशको आम सञ्चार कानुन र सञ्चारकर्मीको अधिकार कार्यशाला गोष्ठीलाई तानसेनमा सम्बोधन गर्दै अध्यक्ष लम्सालले सदस्यता शुद्धिकरणमा अन्याय हुने गरी कुनै पनि काम नहुने बताउनु भएको हो ।
प्रेस युनियनका कुनै पनि सदस्यले पत्रकार महासंघको सदस्यताका लागि मापदण्ड पुरा गरेर दावी गरेको छ भने उसले कुनै पनि अपमान र अन्याय भोग्न नपर्ने धारणा व्यक्त गनुभयो । ‘म प्रेस युनियनको केन्द्रिय अध्यक्ष हुँ, मेरो संगठनको कुनै साधारण सदस्यले पत्रकार महासंघको लागि दावी गरेको छ, मापदण्ड पुरा गरेर निवेदन दिएको छ,आग्रह –पूर्वाग्रहको आधारमा सदस्यता दिइएको छैन नविरकरण गरिएको छैन र शुद्धिकरणका नाममा कसैलाई अपमान गरेरमा त्यसलाई जस्ता तस्तै सदस्यता दिलाउने जिम्मेवारी मेरो हो र म त्यो गर्छु, तपाई त्यसमा विश्वस्त हुनुहोस । ‘मापदण्ड अनुसार नै सदस्यता शुद्धिकरण हुने र शुद्धिकरण छानविन पत्रकार संगठनहरुको दबाब र कुनै पनि किसिमको आस्थामा परेर मापदण्ड विपरित नजाने बताउनु भयो ।
पत्रकार महासंघसँग सगै रहेका्, सदस्यता शुद्धिकरण मापदण्ड भित्र रहेका पत्रकारहरु छुट्ने र मापदण्डमा रहेका सबै पत्रकारको नविकरण हुनेमा ढुक्क रहन अनुरोध गर्नुभयो । यदि न्यायोचित ढंगबाट सदस्यता शुद्धिकरण भएन भने हामी जुन मतदाता नामवलीमा विपुल पोखरेल र रोसन पुरीलाई चुनाव जिताएका थियौं त्यही मतदाता नामवलीमा फर्काउन प्रेस युनियन पछि पदैन त्यसैले तपाई ढुक्क भएर बस्नुहोस पत्रकार महासंघको सदस्य शुद्धिकरणका विषयमा कसैलाई अपमान र अन्याय हुने गरी काम हुँदैन ।’ अध्यक्ष लम्सालले संगठनको मर्म अनुसार काम गर्न प्रेस युनियनका जिल्ला अध्यक्षहरुलाई आग्रह गनुभयो । उहाँले भने ‘संगठनले गरेका हरेक गतिविधिहरु केन्द्रलाई जानकारी गराउँनुपर्छ । संगठनलाई चलायमान बनाउन देशभर यो वर्षलाई प्रशिक्षणको वर्षको बनाउँदै छौं ’।
कार्यक्रममा नेपाली काँग्रेस पाल्पाका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले देश निर्माणमा पत्रकार जंगतको महत्वपूर्ण योगदान रहेको बताउनु भयो । पछिल्लो समय मुलुक गलत ढंगले अगाडि बढेको भन्दै त्यसलाई सही दिशामा ल्याउन पत्रकाहरु समेत सही ढंगले अगाडि बढ्न आवश्यक रहेको भन्दै सभापति श्रेष्ठले भन्नुभयो ‘ देशको चौैथो अंगको रुपमा रहेको प्रेस जंगतले राजनीतिक दल र सरकारलाई सही ट्रयाक्मा ल्याउन सही ढंगलले अगाडि बढ्नुपर्छ ।’ लुम्बिनी प्रदेश गृह मन्त्रालयका सचिव लालबाबु कवारीले लोक कल्याणकारी विज्ञापन, मिडियामा देखिएका समस्याहरु, ऐन, कानुन बनाउने दिशामा प्रदेश सरकारले प्रभावकारी काम गरेको बताउनु भयो ।सञ्चार जगत महत्वपूर्ण रहेको उल्लेख रहेको भन्दै सचिव कवारीले प्रदेश सरकार पत्रकारहरु प्रति सकरात्मक छ,त्यसैले पत्रकारहरु समेत सकरात्मक भईदिनुहोस ।’
कार्यक्रममा प्रेस युनियनका केन्द्रीय उपाध्यक्षहरु, जीवन भण्डारी, माधव अर्याल, युनियनका केन्द्रिय महासचिव दिलिप पौड्याल, नेपाली काँग्रेस गुल्मीका सचिव जगदीश भट्टराई, युनियनका सल्लाहकार झपेन्द्र गहिरे लगायतले आ– आफ्ना धारणा राख्नुभएको थियो ।
युनियन लुम्बिनी प्रदेशका अध्यक्ष सुदिप गौतमले लुम्बिनी प्रदेशको आम सञ्चार कानुन र सञ्चारकर्मीको अधिकारका बारेमा प्रस्तुती दिनुभएको थियो।प्रदेश सरकारले मिडिया सम्बन्धी ऐन ल्याए पनि त्यो मिडियामैत्री बन्न नसकेको बताउदै उहाँले प्रदेश सरकारले मिडिया ऐन ल्याएको छ तर त्यसले मिडियालाई नै ठगेको छ ।
युनियनका पूर्व वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले कार्यक्रम माथि प्रकाश पार्दै पत्रकारको अधिकार सुनिश्चित गर्न स्थानीय, प्रदेश र संघीय सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । गोष्ठीमा प्रदेश भित्रका प्रतिनिधिमूलक पत्रकारहरुको उपस्थिती रहेको थियो । युनियन पाल्पा शाखाकी अध्यक्ष मन गहिरेको अध्यक्षता, उपाध्यक्ष रामचन्द्र रायमाझीको स्वागत, सचिव विष्णु घिमिरेको सञ्चालनमा कार्यक्रम भएको थियो ।