दमकडा पाल्पामा एक दिने सडक खाना महोत्सव

तानसेन। दमकडा पाल्पामा एक दिने महोत्सव सडक खाना महोत्सव सम्पन्न भएको छ । सडकमै खाऔं, सडकमै रमाऔं, भन्ने नारासहित सडक खाना महोत्सव आयोजना गरिएको र स्थानीय खानाका परिकारसंगै मौलिक कला सस्कृति र बबजागाजाको संरक्षणका लागि महोत्सवको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।

वडा कार्यालयको आयोजनामा एक दिने महोत्सव आयोजना गरिएको हो। महोत्सवमा मगरी, नेवारी, ब्राम्हणलगायत विभिन्न जातजातिका परम्परागत खाजा तथा खानाको परिकार राखिएको थियो । परम्परागत भेषभूषामा सजिएर सफा, स्वस्थकर, परम्परागत खाजा, खानाका स्टल राखी दर्शकहरूलाई प्रवेशसमेत निःशुल्क गरिएको वडाअध्यक्ष्ँ राजेशकुमार अर्यालले जानकारी दिए।

स्थानीय खाना, खाजा र संस्कृतिलाई नयाँपुस्तासम्म पुर्‍याउन आयोजित सडक खाना महोत्सवमा पाल्पाली चुकाउनी, मगरी समुदायमा प्रचलित बारा अर्थात बटुक, मेवाको अचार, सेलरोटी, पकौडा, अचार, छोयलालगायतका मासुजन्य परिकार चाख्ने भीड नै लागेको थियो।

अन्य व्यपारी महोत्सव भन्दा परम्परागत संस्कृति जोगाउन र स्थानीयको आर्थिकस्तर वृद्धिमा खाना महोत्सवले टेवा पुगेको पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले बताए। ।

महोत्सवमा पूर्वमन्त्री साेमप्रसाद पाण्डेय, जिल्ला समन्वय समितिका उपप्रमख काशिका गैरे, तानसेन नगरपालिकाका प्रमुख सन्ताेषलाल श्रेष्ठ लगायतले शुभकामना दिएका थिए । सडक महाेत्सवमा बरिष्ठ कलाकार बद्री पङ्गेनीलगायत स्थानीय कलाकारहरूकाे सांस्कृतिक प्रस्तुती गरिएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च