आज विश्व रेडियो दिवस : नेपालका रेडियो आर्थिक संकटसँग जुध्न वाध्य

काठमाण्डौ । आज विश्व रेडियो दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसंघको आहृवानमा सन् २०१२ देखि विश्व रेडियो दिवस मनाउन शुरु गरिएको हो । रेडियोको महत्त्व, योगदान र चुनौतीहरूको समीक्षा गरी विश्व रेडियो दिवस मनाउने गरिन्छ।

नेपालमा राणा शासन अन्त्यका लागि संघर्षरत नेपाली कांग्रेसले विस २००३ सालमा रेडियोको प्रसारण शुरु गरेको थियो। औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको मानिन्छ।

अहिले सूचना तथा सञ्चार मन्त्रालयबाट सञ्चालनको लागि इजाजत प्राप्त गर्ने एफएम रेडियोको संख्या देशभर ९ सय हाराहारी छ भने नियमित प्रसारणमा रहेका रेडियोको संख्या साढे ७ सयभन्दा बढी छ।

यसवर्षको नारा ‘रेडियोको एक शताब्दी, जानकारी, मनोरञ्जन र शिक्षा’ तय गरिएको छ ।नेपालमा २००३ सालमा काठमाण्डौमा रेडियो नेपालको प्रसारण शुरु भए पनि औपचारिक रुपमा भने २००७ साल मङ्सिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन शुरु भएको हो ।

नेपालमा एफएम प्रसारण भने २०५२ सालदेखि शुरु भएको हो । अहिले मुलुकका लगभग सबै जिल्लामा एफएम रेडियो सञ्चालित छन् । बढ्दो प्रविधिसँगै सञ्चार क्षेत्रका अन्य माध्यम र विकल्प प्रयोगमा आए पनि रेडियोको महत्व र योगदान भने उत्तिकै प्रभावकारी छ ।

राजनीतिक परिवर्तनसँगै सामाजिक रूपान्तरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका रेडियो स्टेशन आजभोलि आर्थिक संकटसँग जुधिरहेका छन् ।

सन् १८९४ मा इटालीका वैज्ञानिक जी मार्कोनीले रेडियोको आविष्कार गरेपछि आजसम्म रेडियो र यसका संरचनाहरूले धेरै प्रविधिमय आयाममा परिवर्तन ल्याइसकेको छ । एफएम प्रसारण भने २०५२ सालदेखि शुरु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च