पाल्पा । अर्घाखाँची पाल्पा सम्पर्क समाजको साधारण सभा,अधिवेशन तथा वनभोज कार्यक्रम यहि फागुन १९ गते शनिबार हुने भएको छ ।
गत असार १६ गते हुने भनिएको साधारण सभा,अधिवेशन विशेष कारण स्थगित भएको थियो ।
विभिन्न पेशा,व्यवसाय,तथा पढाईको शिलशिलामा अर्घाखाँची बाट पाल्पाका विभिन्न स्थानमा बसोबास गदै आएका व्यक्तित्वहरुको संयुक्त प्रयासबाट आज भन्दा १५ वर्ष अगाडी अर्घाखाँची पाल्पा सम्पर्क समाजको गठन भएको समाजका संस्थापक पत्रकार भरत शर्माले बताउनु भयो ।
फागुन १९ गते शनिबार श्रीनगरमा हुने साधारण सभा तथा अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।अधिवेशन तथा साधारण सभा सम्पन्न गर्न आज बसेकोे बैठकले दिपक भट्टराईको संयोजकत्वमा विभिन्न जिम्मेवारी बाँडफाँड गरेको छ ।
जसमा दिपक भट्टराई संयोजक रहनु भएको छ,कार्यक्रकको व्यवस्थापनको जिम्मा शंकर पौडेल सम्र्पक तथा सुचना भरत शर्मा,गणेश पन्थि तथा राम प्रसाद पन्थीलाई आर्थिक समितिको जिम्मा दिएको छ । भने साधारण सभा तथा अधिवेशन सम्पन्न गर्नका लागि सदस्य ,सारदा खनाल,टेकराज पन्थि, पित बहादुर नेपाली,पुस्कर आर्चाय ,ईन्द्र थापालाई समन्व्य कर्ताको जिम्मा दिएको समाजका सचिव शंकर पौडेलले जानकारी दिनुभयो ।
समाजले यहि फागुन १६ गते शनिवार श्रीनगरमा हुने साधारण सभा,अधिवेशन तथा वनभोज कार्यक्रममा उपस्थित हुन सबै जिल्ला बासीहरुलाई आग्रह गरेको छ ।
कार्यक्रकका लागि सम्पर्क गर्नेको लागि जनसेवा पुस्तक पसल लहरेपिपल,९८४७१०३१७८,होटल श्रीनगर प्रा. लि कैलाश नगर,९८४७१००८१२,अर्घाखाँची किराना पसलमा सम्पर्क ९८५७५२४४८७,तथा दिपक भट्टराई पत्रकार ९८५७०९८७३६ र पत्रकार भरत शर्मालाई ९८४७०२९६९२ मा सम्पर्क गर्न सकिने छ ।