पाल्पाका १७ हजार बढी बालबालिकालाई दादुरा-रुबेला विरुद्धको खोप लगाइँदै

तानसेन । पाल्पाका १७ हजार बालबालिकालाई दादुरा-रुबेला विरुद्धका खोप लगाइने भएको छ । ९ महिना देखि ५ वर्ष सम्मका १७ हजार बढी बालबालिकालाई दादुरा–रूबेलाको खोप लगाउन लागिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

देशभर सञ्चालन भएको दादुरा–रुबेला खोप अभियान पाल्पामा यही फागुन १३ गतेदेखि सुरु हुदैछ । जिल्लाभरिका १७ हजार ८४५ बालबालिकालाई खोप लगाउने कार्यक्रम रहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डाक्टर राजेन्द्र कुमार गिरीले बताउनुभयो ।

कार्यालयले अभियान सञ्चालनका निम्ति खोप सेन्टरहरुमा आवश्यक सामग्री र जनशक्ति तयार पारेको छ। तानसेनमा आयोजित पत्रकारसँग भेटघाट कार्यक्रममा उहाँले दुइ चरणमा खोप अभियान सञ्चालन हुने बताउनुभयो ।

सरकारले आगामी फागुन महिनादेखि देशभर दादुरा -रुबेलाबिरुद्धको खोप अभियान सञ्चालन गर्ने निर्णय गरेसँगै अभियान सफलतापूर्वक सम्पन्न गर्न स्वास्थ्य कार्यालय पाल्पाले आवश्यक तयारी थालेको हो ।

पहिलो चरणमा यही फागुन १३ देखि १७ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ । तानसेन नगरपालिका, रैनादेवीछहरा गाउँपालिका, रिब्दीकोट गाउँपालिका, तिनाउ, माथागढी र बगनासकाली गाउँपालिकामा खोप लगाइने छ ।

दोस्रो चरणअन्तर्गत फागुन २१ देखि २७ सम्म खोप लगाइने भएको छ । रामपुर नगरपालिका, रम्भा गाउँपालिका, पूर्वखोला र निस्दी गाउँपालिकामा दोस्रो चरणमा खोप लगाउने कार्यक्रम रहेको डाक्टर गिरीले बताउनुभयो ।

२७९ ठाउँमा खोप केन्द्र निर्धारण गरिएको छ । २८० खोप कार्यकर्ता र ५६० स्वयमसेवक परिचालन हुने उहाँले बताउनुभयो ।उहाँले दादुरा–रुवेला सबभन्दा बढी सङ्क्रामक रोग भएको तथा यो रोग लागेका एक बिरामीले धेरै जनासम्मलाई सार्न सक्ने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च