फागुन १५ गते माथागढीको सराईमा ४२औं मगर एकता दिवस मनाईदै

पाल्पा, फागुन ८
पाल्पाको माथागढी ३ सराईमा ४२ औ मगर एकता दिवस भब्यरुपमा मनाइने भएको छ । सराई फुलबारी स्थित लखन पार्कमा मगर संघको स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको आयोजक नेपाल मगर संघ माथागढी गाउँ समितिका अध्यक्ष भेगराज थापाले जानकारी दिनुभयो । मगर संघ स्थापना दिवसका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा, संघका पूर्व जिल्ला अध्यक्ष तथा माथागढी गाउँपालिका ३ का वडा अध्यक्ष तेज बहादुर घर्ती मगरले मगर समुदायमा रहीरहेका विकृति हटाउन र राम्रा पक्षको सुधार गर्दै सामाजिक सद्भाव कायम गर्ने अभियानको रुपमा पनि दिवस मनाइने बताउनुभयो ।

यही फागुन १५ को मगर दिवस कार्यक्रममा माथागढी गाउँ पालिकाका ८ वटै बडाबाट मगर तथा गैर मगर समुदायको उपस्थितिमा जातीय, साँस्कृतिक, भेषभुषा, मगरी खानपिन सहित झाँकी र ¥यालीको र औपचारिक तथा साँस्कृतिक कार्यक्रम रहने आयोजक तथा सराई युवा क्लवका अध्यक्ष खोम बहादुर थापाले जानकारी दिनुभयो । विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि सराईको फुलबारीमा भब्यरुपमा मगर एकता दिवस सम्पन्न गर्न आम मगर समुदाय तयारीमा जुटेको स्थानीय युवा नेता राजन बलालले जानकारी दिनुभयो ।

२०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा पहिलो पटक मगर संघको स्थापना भएको थियो । सोही दिनका अवसरमा फागुन १५ लाई देशैभरीका मगरहरुले मगर दिवसको रुपमा मनाउँदै आएका हुन् । दिवसका अवसरमा पाल्पाका अधिकांस स्थानीय सरकारहरुले स्थानीय विदा समेत दिदै आएका छन् ।
कार्यक्रम संघका अध्यक्ष भेगराज थापाको अध्यक्षता र सचिव खोम गाहाको संचालनमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च