प्यारागनमा ‘दिगो पर्यटन : प्राकृतिक सौन्दर्यता अन्वेषण’ विषयक चित्रकला

पाल्पा, पाल्पा प्यारागन इङ्गलिश बोर्डिङ्ग स्कूलमा अन्तरविद्यालयस्तरीय चित्रकला प्रतियोगिता भएको छ । पाल्पा प्यारागन राष्ट्रिय दीगो पयर्टन क्लव र प्यारागन ग्रीन फर गूड क्लवको संयूक्त आयोजनामा ‘दिगो पर्यटन : प्राकृतिक सौन्दर्यता अन्वेषण’ विषयक चित्रकला प्रतियोगिता भएको हो ।

प्रतियोगितामा न्यू होराइजन माविका सुदर्शन सुनार प्रथम,सेन्ट क्यापितानियोका स्वेच्क्षा मल्ल दोस्रो र बेथल इंग्लिस बोर्डिङ्ग स्कूलका रिवज सारु तेस्रो भएका छन् । प्रतियोगीतामा ८ विद्यालयका विद्यार्थीहरुको सहभागीता रहेको थियो । प्यारागनको २४ औं वार्षिक उत्सवको पूर्वसन्ध्यामा स्कूलमा गठित क्लवहरुले प्रतियोगिता आयोजना गरेका प्रिन्सिपल गंगाबहादुर खत्रीले बताए । पर्यटनको प्रवद्र्धन र विकास गर्ने उद्देश्यले विद्यार्थीहरुमा पर्यटन सचेतना एवं शिक्षालाई जोड दिर्दै विद्यार्थीहरुमाझ पर्यटन सम्बन्धित चित्रकला प्रतियोगिता आयोजना गरिएको उनले शित्तलपाटीलाई जानकारी दिए ।

विजयी प्रतियोगीहरुलाई बुधबार एक औपचारिक कार्यक्रमका बिच पुरस्कार वितरण गरिएको छ । स्कूल व्यवस्थापन समितिका अध्यक्ष जगदीश भट्टराई, प्रिन्सिपल गंगाबहादुर खत्री, निर्णयक मण्डलहरु तानसेन बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख पुष्करराज रेग्मी, पर्यटन व्यवसायी धनिश्वर बस्याल लगायतले विजयी प्रतियोगीहरुलाई पुरस्कार हस्तान्तरण गरेका थिए । पुरस्कार हस्तान्तरण गर्दै स्कूल व्यवस्थापन समितिका अध्यक्ष भट्टराईले विद्यार्थीहरु भविष्यका कर्णदार भएकाले उनीहरुलाई पर्यटन सम्बन्धित जानकारी लिन र सम्भावनाहरुको खोजी गरी भोलिका दिनमा पर्यटन व्यवसायीलाई माथि उकास्न प्रतियोगिताले महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । निर्णयक मण्डलहरु रेग्मी र बस्यालले सबै विद्यार्थीहरुको कला उकृष्ट नै रहे पनि उत्कृष्ट मध्ये ३ जना सर्वत्कृष्ट हुन सफल भएको बताए । उनीहरुले कितावी ज्ञानमा मात्र सिमित विद्यार्थीहरुका लागि प्रतियोगिताले पर्यटनप्रति पनि खोज अनुसन्धान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । ग्रीन फर गूड क्लवका अध्यक्ष तथा पर्यटन क्लवका सदस्य अंकिता बस्यालको अध्यक्षता, पर्यटन क्लवकी अध्यक्ष रोसनी थापाको स्वागत, क्लवकी सदस्य केकी बस्यालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

शित्तलपाटी डेस्कको सहयोग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च