पाल्पामा प्रथम तानसेन महोत्सव शुरु

पाल्पा, फागुन १९
पाल्पामा आज बाट प्रथम तानसेन महोत्सव शुरु भएको छ । तानसेन नगरपालिकाको मुख्य आयोजनामा टुडिखेल मैदानमा शुरु मेला २९ गते सम्म संचालन हुने छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ्ले मेलाको उद्घाटन गर्नुभएको हो ।
महोत्सवमा तीन सय बढी स्टल रहेको र ३ लाख बढीले मेलाको अवलोकन गर्ने, मेला आयोजक तानसेन नगरपालिकाले जनाएको छ । मेला बाट नगरपालिकालाई ६१ लाख बढी राजश्व बचत हुने र उक्त रकम तानसेन नगरको भौतिक पूर्वाधार निर्माणका साथै आवश्यकीय कार्यका लागी खर्च गरिने नगरप्रमुख सन्तोशलाल श्रेष्ठले बताउनुभयो ।

पहिलो पटक तानसेन नगरपालिका आफैले आयोजना गर्न लागेको मेलामा १० करोड बढीको कारोवार हुने अनुमान गरिएको छ । टुडिखेल मैदानमा यस अघि अन्य संघ संस्थाबाट सम्पन्न मेला महोत्सवबाट तानसेन नगरपालिकाले मनोरन्जन शुल्क बापत मात्रै ३५ ÷ ४० हजार मात्रै आम्दानी गरेको स्मरण गर्दे तानसेन नगरपालिकाका उप प्रमुख प्रतिक्षा सिंजालीले नगर सरकार आफैले मेला आयोजना गर्दा ६१ लाख बढीको राजश्व बचत हुने जानकारी दिनुभयो ।

कृषि, रोजगार, पर्यटन उद्योग र ब्यापार, तानसेन महोत्सव २०८० भन्ने नाराका मेला उद्घाटन अघि आज झाँकी र्याली निकालिएको थियो । पर्यटन र कृषिको माध्यमवाट रोजगारको पहिचान र सिर्जना तथा आन्तरिक राजश्वको प्रवद्धनका लागी तानसेन नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम अनुसार नगरपालिकावाट प्रथम ऐतिहासिक महोत्सव आयोजना गरिएको तानसेन नगरपालिकाका प्रवक्ता यादव सिंह कार्कीले जानकारी दिनुभयो । स्थानीय सरकारवाट जिल्लामै पहिलो पटक आयोजना गरिएको महोत्सवले संघ, प्रदेश, स्थानीय सरकार र निजी क्षेत्रसंग सहकार्य एवं साझेदारी गर्दे अगाढी बढ्न समेत सहयोग मिल्ने मेला आयोजक तानसेन नगरपालिकाले जनाएको छ ।

मेलामा विभिन्न औधोगिक वस्तु तथा सेवाहरुको प्रदर्शनी र प्रवद्र्धन, लगानीका अवसर सिर्जना र आकर्षण गर्ने लघु घरेलु तथा साना उद्योगको प्रवद्र्धन, साना उद्यमी एवम विषयगत प्रदर्शनी रहने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च