रिब्दीकोटमा वित्तीय व्यवस्थापन सम्बन्धी अभिमुखिकरण

पाल्पा । रिब्दीकोट गाउँपालिकाको आयोजना एवम कोष तथा लेखा नियन्त्रक कार्यालय, पाल्पाको सहजिकरणमा सार्वजनिक वित्तीय व्यवस्थापन सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको हो ।कार्यक्रम प्रमुख प्रशासकिय अधिकृत मणि प्रसाद खनाल, पालिकाका ८ वटै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, कार्यालयका कर्मचारीहरु, वडा सचिवहरु, वडा सदस्यहरु लगायत सम्बन्धित सरोकारवाला पक्षहरुको उपस्थितिमा रिब्दीकोटगाउँ कार्यपालिकाको कार्यालय खस्यौलीमा सम्पन्न भएको हो ।

कार्यक्रमको सहजिकरण कोष तथा लेखा नियन्त्रक कार्यालय पाल्पाका प्रमुख शसिन्द्र खातीले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन प्रशासन शाखा प्रमुख रुकलाल भट्टराईले गर्नुभएको थियो ।कार्यक्रममा कोष तथा लेखा नियन्त्रक कार्यालय पाल्पाका प्रमुख खातीले स्थानीय सरकारको वित्तीय प्रणाली व्यवस्थित, पारदर्शी, विधिसम्मत र प्रभावकारी बनाउन साथै वित्त व्यवस्थापनका सम्भावित जोखिका क्षेत्रहरूको पहिचान गरी यसको लेखाजोखा गर्ने सम्बन्धि केन्द्रीत रहेर अभिमुखिकरण दिनुभएको थियो । उहाँले विशेष गरि स्थानीय तहले आर्थिक शुसासनमा ध्यान दिन आवश्यक रहेको समेत बताउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च