प्रहरीका किताब पाल्पाका विद्यालयहरुमा पढाइँदै

पाल्पा । नेपाल प्रहरीले विद्यालयहरुमा अध्यनरत साना–सना बालबालिकाहरुलाई जनचेतना जगाउने उद्देश्यले छुट्टै किताव प्रकाशन गरेको छ ।
समाजमा हुने सबै खालका घटना दुघर्टना, अपराध, ट्राफिक जनचेतना, अत्महत्या जस्ता २४ बटा विषयवस्तुहरु समेटेर पुस्तक प्रकाशन गरेको हो । विद्यार्थीहरुलाई समाजमा हुने गलत कुराको जानकारी र त्यसको बिषयमा खुलेर कुरा होस् भन्ने उद्देश्यले स्थानयी तह प्रहरी विद्यालय सम्पर्क कार्यक्रम–२०८० तयार गरेको हो ।

पुस्तकमा प्रकाशित विषयवस्तु बिद्यालयहरुमा अध्यापन गराउँदा सानै उमेरदेखि बालबालिकाहरुमा समाजमा हुने विविध खाले आपराधिक क्रियाकलापबारे जानकारी तथा जनचेतना जगाउने गलत कृयाकलाप रोक्न सहयोग पुग्ने मुख्य उद्देस्य रहेको प्रहरीको भनाई छ ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय पाल्पाले पाल्पाका ३ बटा स्थानीय तहमा प्रहरीद्वारा प्रकाशित पुस्तक पढाउनेबारे सहमति समेत गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तानसेन नगरपालिका, बगनासकाली गाउँपालिका र रिब्दीकोट गाउँपालिका रहेका छन् । यी पालिकाले प्रहरीद्वारा प्रकाशित पुस्तक अध्यापन गराउने सहमति भएको जिल्ला प्रहरी कार्यालय प्रहरी सायक निरीक्षक मोहन खडकाले बताए ।

समाजमा हुने अपराध रोकथाम तथा जनचेतना जगाउने उद्देश्यले तयार पारिएको पुस्तक बालबालिकाहरुलाई अध्यापन गराउँदा विद्यार्थीहरुमा चेतना जागरुक हुने गलत क्रियाकलाप रोकथाम गर्न ठुलो सहयोग मिल्ने उनीहरूको भनाई छ ।

Share this:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च