पाल्पा । पाल्पाको रैनादेबी छहरा गाउँपालिकामा चैत्र ५ गते देखि ७ गते सम्म अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।
प्रतियोगितामा पाल्पा जिल्लाका १० वटै स्थानीय तहबाट खेलाडीहरू सहभागी हुनेछन ।यही खेलमा सहभागीता जनाउनको लागी रैनादेवी छहराले पालिकाभरका खेलाडीलाई प्रतिस्प्रधा गराएर १० जना खेलाडी छनोट गरेको छ ।
छनोट भएका खेलाडीमा सिद्धेश्वरका कृष्ण बुढा उम बहादुर बुढा,बल्डेङगढीबाट आकास घर्ती,योगेन्द्र सारु,पुरन सारु छहराबाट हुम बहादुर रास्कोटी ,बिसाल थापा, सत्यवती बाट पुरन सारु,तारा बहादुर सुर्यबशी,सुरज थापा,र केशव राना छनोट भएको राष्टिय स्तरका रेफ्री देब बहादुर गाहाले जानकारी दिनुभयो ।
स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुदू भन्ने नाराका साथ अन्तरपालिका स्तरीय चौथो अध्यक्षकप पुरूष भलिबल प्रतियोगिता सन्चालन गरिने युवा तथा खेलकुद विकास समिति,रैनादेबी छहरा गाउँपालिका संयोजक नारायण कार्कीले बताउनु भयो ।
खेलमा सहभागी भएका खेलाडीहरु मध्य प्रथम हुनेले ७५ हजार,द्वितीयले ४५ हजार,तृतीयले ३० हजार र सान्त्वना हुनेले १५ हजार प्राप्त गर्ने गाउँपालिकाले जनाउको छ । रैनादेबी छहरा गाउँपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना तथा जिल्ला भलिबल संघको समन्वयमा कटौजेपानी खेल मैदानमा भलिबल प्रतियोगिता सन्चालन हुदै छ ।