शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पा द्धारा ” कमल राष्ट्रिय सुकर्म” डा.रचेल लाई प्रदान

तानसेन, शिक्षा स्वास्थ्य र साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान र्पुयाउँदै आएको शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल््पाले स्वास्थ्य क्षेत्रमा उल्लेखनिय भुमिका खेलेको भन्दै ‘कमल राष्ट्रिय सुकर्म पुरस्कार २०८०’ डा रचेल कारखलाई प्रदान गरिएको छ । डा. रचेल कारख पाल्पाको युनाईटेड मिसन अस्पतालको निर्देशक रुपमा कार्यरत हुनुहन्छ ।
प्रतिष्ठानले शनिबार तानसेनमा एक औपचारिक कार्यक्रमका बिच पुरस्कार स्वरुप ५१ हजार नगद सम्मान पत्र द्धारा पुरस्कृत गरेको हो । कार्यक्रमका प्रमुख अतिथि लेखक ,साहित्यकार झपेन्द्र बहादुर जिसीले उक्त राशीको पुुरस्कार कारखलाई प्रदान गर्नुभएको हो । पुरस्कार प्रदान गर्दै साहित्यकार जिसीले प्रतिष्ठानले स्वास्थ्यको क्षेत्रमा अतुलनीय योगदान र्पुयाएकी डा.कारखलाई पुरस्कृत गरेर पुरस्कारको कदर गरेको बताउदै पुुरस्कार वितरणले सच्चा व्यक्तिको छनौट गरेकोमा प्रतिष्ठानलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

विशिष्ट अतिथि प्रतिष्ठानका संरक्षक एवं पुरस्कारदाता डा.प्रकाश राज रेग्मीले पिता कमलराज रेग्मीले गरेको राजनीति, सामाजिक र साहित्यक सेवालाई चिरस्थायी बनाउन पुरस्कार स्थापना गरेको बताउनु भयो । उहाँले ममतामयी माता विमला रेग्मी नर्स समेत रहेकाले माताको स्मृतिमा नर्सिङ पुरस्कार र विद्यार्थीहरूलाई छात्रवृत्ति समेत प्रदान गर्ने गरेको जानकारी दिनुभयो । रेग्मीले आगामी दिनमा पनि यसलाई निरन्तरता दिर्दै जाने प्रतिवद्धता जनाउनु भएको थियो । पुरस्कृत डा.कारखले आफु विदेशी नागरिक भए पनि योगदानको आधारमा पुरस्कृत गरेकोमा प्रतिष्ठानप्रति आभार व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष भरत शर्मा, तानसेन –८ का वडा अध्यक्ष तथा साहित्यकार सोमनाथ अर्याल , मिसन अस्पतालका प्रमुख प्रशासकीय अधिकृत जीवन भट्टराई लगायतले सम्मानित व्यक्तित्वलाई बधाई ज्ञापन गर्दै प्रतिष्ठानको उत्तरोत्तर प्रगतिको कामना गरेका गर्नुभएको थियो ।
प्रतिष्ठानका सदस्य भोजराज भट्टराईले पुरस्कृत व्यक्तित्व छनौट प्रक्रिया र डा. रचेल कारखका बारेमा प्रकाश पार्नुभएको थियो ।
साहित्यकार रामप्रसाद अर्यालले स्व। कमल राज रेग्मीको योगदान र सदावहार कमलको सुवास कृति माथि चर्चा गर्नुभयो ।

साहित्यकार कमल खत्रीले स्व. विमला रेग्मीको योगदान र आमाका अविस्मरणीय अतित र म कृति माथि प्रकाश पार्नुभएको थियो ।
प्रतिष्ठानका अध्यक्ष साहित्यकार पुष्कर अथक रेग्मीको अध्यक्षता र उपाध्यक्ष रोहित प्रसाद ज्ञवालीको स्वागत, तथा प्रतिष्ठानका महासचिव चन्द्रकान्त न्यौपानेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च