तानसेन । जन्मदिन भन्नेबित्तिकै अहिले धेरैले ‘केक’ भन्ने मात्र सम्झन्छन । ‘केक’ हरेक अवसरमा प्रयोग गरिने सौखिन साधन बनेको छ ।
आजभोलि बालबालिका घरमा हजुरबुबा, हजुरआमा, आमाबाबु, काकाकाकी, मामामाइजु, दाइदिदीलगायत विभिन्न नातासँग सम्बन्धित सबै आफन्त जन्मेको दिन सम्झाउन थालेका छन ।
तर, तानसेन नगरपालिका सरसफाइ शाखाका प्रमुख तथा समाजप्रेमी शंकर भण्डारीले भने फरक तरिकाले जन्मदिन मनाउनु भएको छ । आफ्नो ४० औँ जन्मदिन मानवीय धर्म र संवेदनासँग जोडेर मनाउनुभएको छ ,जुन कार्य शहरमा बसेर केक काट्न रहर गर्नेहरुका लागि मननीय छ ।
भण्डारीले आईतबार तानसेन नगरपालिकाको सरसरफाइ शाखामा कार्यरत १८ जना सरसफाइकर्मीहरुलाई अविर र दोसल्ला ओढाएर भण्डारीले गर्नुभयो ।
उहाँले भन्नुभयो, “मेरो खुशी केकसँग होइन, तल्लो वर्गका नागरिकसँग खुसीयाली साट्नुपर्छ भन्ने लागेर सरसफाइकर्मीसँग बसेर जन्मदिन मनाएको बताए अनाथ बताउनु भयो ।
जिन्दगीमा एकमुठ्ठी खुशी आदानप्रदान गर्न थोरै समय भए पनि तल्लो वर्गका नागरिकसँगै रहेर जन्म दिवस मनाउन पाउँदा मन हर्षित भएको उहाँले बताउनुभयो ।
भण्डारीले जन्म दिने आमालाई स्मरण गर्दै आफुले आमाले दिएको आर्शिवाद र प्रेरणाले नै आज यो अवस्थामा आइपुगेको बताउदै जन्मदिनमा उपहार लिने नभई दिने चलनको विकास होस भन्न र गर्नका निम्ति सरसफाइकर्मीहरुसँग जन्मदिवस मनाइएको उहाँको भनाइ थियो ।
सम्मान पाएसँगै सरसफाइकर्मी लक्ष्मी दमाईले भण्डारीले आफुहरुलाई ठूलो सहयोग गरेको बताउनु भयो । शंकर सर आएपछि हामीलाई ठूलो राहत मिलेको छ । उहाँ सधै हामीप्रति निकै चिन्तित हुनुहुन्छ ।’ पहिले पहिले शनिरबार विदा पाउँदैन्थ्यौं, सर आएपछि भने हामीले शनिबार विदा पाउन थालेको उहाँलेको भनाई छ ।
सामाजिक सेवामा समर्पित भएर काम गरिरहेको र फरक तरिकाले जन्मदिन मनाउने क्रममा यस पटक नगरपालिकामा कार्यरत सरसफाइकर्मीहरुसँग मनाएको भण्डारीको बनाई छ ।