पाल्पामा आगो निभाउने क्रममा दुई जना घाइते

तानसेन। शनिवार दिउँसोदेखि लागेको आगो निभाउने क्रममा पाल्पामा दुई जना घाइते भएका छन् । घाइते हुनेमा रैनादेवी छहरा–१, का ५५ वर्षीय टोपबहादुर बुढा र माथागढी–४,जामुनडाँडाका ६५ वर्षीय पूर्णबहादुर काम्मु रहेका छन् ।

गम्भीर घाइते भएका बुढालाई थप उपचारका लागि तानसेनस्थित अस्पतालमा रिफर गरिएको रैनादेवी छहरा–१ का वडा अध्यक्ष सोमबहादुर दर्लामीले जानकारी दिए।

सिद्धेश्वरको साउने, मन्द्रान, मोहरे क्षेत्रमा शनिवार बिहानैदेखि आगलागी भएको थियो । आगलागीबाट स्थानीय भरिवश्वर पाण्डेय र रामनाथ पाण्डेको घर गोठ जलेर नष्ट भएको छ । सिद्धेश्वर क्षेत्रमा लागेको आगो अझै नियन्त्रणमा आउने नसकेको स्थानीयले बताएका छन् । आगाेमा परी घाइते भएका काम्मुको अवस्था भने सामान्य रहेको माथागढी गाउँपालिकाका प्रवक्ता शङ्कर दर्लामीले जानकारी दिए।

स्थानीय खमीसरा काम्मुको गोठबाट सल्केको आगोले पाँच जनाको घर गोठ जलेर पूर्ण रूपमा नष्ट भएको थियो । घर गोठमा लागेको आगो नियन्त्रणमा आए पनि उक्त आगो जङ्गलमा पसेको र अझैँ नियन्त्रणमा आउन नसकेको स्थानीयले बताएका छन् ।

यसैबिच जिल्ला सदरमुकाम तानसेनसहित जिल्लाका विभिन्न स्थानमा गरी दुई दर्जनबढी स्थानमा डढेलो लागेको छ । तानसेनको बतासेडाँडा, श्रीनगरडाँडा, धरमपानी, वनदेवी, विस्कुनडाँडाको तल्लो भेगलगायतका क्षेत्रमा आगो लागेको हो ।

यस्तै बगनासकालीको चिर्तुङ्धारा, बगनास, रिब्दीकोकोटको विभिन्न स्थानमा लागेको आगो पनि नियन्त्रणमा आउन नसकेको स्थानीयले जनाएका छन् । शनिवार बेलुकीदेखि लागेको आगो आइतबार बिहान पनि निभाउने प्रयास भइरहेको स्थानीयले बताएका छन् ।

तीन तहको सुरक्षा निकाय, वनका र्माचारी र स्थानीयको पहलमा आगो नियन्त्रणको प्रयास हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च