अर्घाखाँचीमा आगलागीबाट ४३ घरगोठ जले

अर्घाखाँची। अर्घाखाँचीका विभिन्न स्थानमा शनिबार भएको आगलागीका कारण ४३ घर गोठ जलेर नष्ट भएका छन् ।

आगलागीका कारण २० वटा घर, २३ गोठ, ११ बाख्रा र छ भैंसी जलेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक दीपेन्द्र रावलले जानकारी दिए ।

भूमिकास्थान नगरपालिका वडा नम्बर ३ र ४ धारापानीमा हिजो भएको आगलागीमा २३ घरगोठ जलेका थिए । नगरपालिका धारापानीको रातामाटा, जाबुनडाँडा, बाजाखर्क, फलामखिल्जी लगायतका गाउँको आगलागीले १३ घर र १० घरगोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी दीपेन्द्र रावलले बताए ।

उनका अनुसार बस्तीमा लागेको आगो नियन्त्रणमा आए पनि वनमा लागेको आगो भने अझै नियन्त्रणमा आएको छैन । आगलागीबाट पाणिनी गाउँपालिकामा दुई वटा घर र पाँच वटा गोठ जलेका छन् । शितगङ्गा नगरपालिका वडा नम्बर ६ र १२ भेडामारे, डोहोटे, गल्डुङ्गलगायतका स्थानमा डढेलोले पाँच घर र आठ गोठ जलेर नष्ट भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च