घरदैलोमै सेवा प्रवाह गर्न घुम्ती शिविर

तानसेन । रैनादेवी छहरा गाउँपालिका पाल्पाले स्थानीय नागरिकलाई घरदैलोमै सेवा प्रवाह गर्नका लागि घुम्ती शिविर अभियान सुरु गरेको छ । नागरिकको सहजताको लागि एकीकृत घुम्ति शिविर मार्फत सेवा प्रवाह गरेको गाउँपालिकाले जनाएको छ ।

कार्यक्रमको शुभारम्भ गदै गाउँपालिका अध्यक्ष रुक्मागंत भटराईले सेवाप्रवाहलाई छिटोछरितो, झन्झटरहित बनाउन र गाउँ(गाउँमा गएर सेवा दिने उद्धेश्यले यस्तो कार्यक्रमको अवधारणा ल्याइएको बताउनु भयो । गाउँपालिकाको कार्यालयबाट प्रदान गरिने सेवालाई नागरिकको घरदैलोबाटै सेवा प्रदान गर्ने आफुहरुको लक्ष्यअनुसार नै शिविर सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष रुक्मागंत भटराईले जानकारी दिनुभयो ।

भुगोलको हिसावले गाउँपालिकाबाट टाढा रहेका वडाका नागरिकलाई वडा र टोलस्तरबाटै शिविरको माध्यमबाट सेवा प्रवाह गर्ने कार्यक्रमअनुरुप कार्यान्वयन गरेको उहाँको दाबी छ । भुगोलको हिसावले टाढा रहेका वडालाई पहिलो प्राथमिकता दिने र अन्य वडामा पनि क्रमश आवश्यकताको आधारमा शिविर सञ्चालन गर्ने भट्टराईले जानकारी दिनुभयो । स्थानीय सरकारको अनुभूति पालिकाभित्रका नागरिकलाई दिन दिन रात नभनी नागरिककै लागि समय खर्चिने अध्यक्ष रुक्मागंत भट्टराईले बताउनुभयो ।

पालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरण, अपाङ्गता परिचयपत्र पत्र नवीकरण, दीर्घ रोगी भत्ता नवीकरण, गरिब परिवार परिचयपत्र वितरण तथा व्यवसाय दर्ता तथा नवीकरण लगायतका सेवाहरू सहित एकीकृत घुम्ति शिविर सञ्चालन गरेर नागरिकलाईगाउँमै सेवा दिन थालेको गाउँपालिकाका उपाध्यक्ष युवराज थापाले जानकारी दिनुभयो ।

शिविरमा १०५ जनाको सामाजिक सुरक्षा भत्ता नवीकरण, १५ जनाको अपाङ्गता परिचयपत्र नवीकरण, ४ जनाको दीर्घ रोगी भत्ता नवीकरण, ६८ वटा गरिब परिचयपत्र वितरण, ७ वटा व्यवसाय दर्ता तथा २४ वटा नवीकरण गरिएको गाउँपालिकाका सुचना अधिकृत नारायण मल्लले जानकारी दिनुभयो ।

घुम्ति शिविर कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद तिमिल्सिना, प्रवक्ता तथा ७ नं वडाका वडाध्यक्ष देवेन्द्र पुन, ८ नं वडाका वडाध्यक्ष रेम बहादुर राना छहरा स्वास्थ्य शाखा प्रमुख जिवन राना लगाएत स्थानीय जनप्रतिनिधि र कर्मचारीहरको उपस्थीत रहेको थियो ।

वडास्तरबाटै गाउँपालिकाबाट प्रदान गरिने सेवा लिन पाउँदा आफुहरुलाई सहज भएको र स्थानीय सरकारको अनुभूति भएको स्थानीयहरुले जनाएका छन् । शिविर साउन ११ गते ७ नं वडा र साउन १२ गते ६ नं वडामा सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च