तानसेन । लुम्बिनी प्रदेशको मन्त्री छनोट गर्दा प्रदेश कार्यसमितिलाई बेवास्ता गरेको भन्दै कांग्रेसका प्रदेश सभापति अमरसिंह पुनले असन्तुष्टि जनाएका छन् ।
पार्टीबाट पठाउने व्यक्तिहरुको छनोट गर्दा प्रदेश समितिलाई पूर्णतया बेवास्ता गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको पुनले विज्ञप्ति निकालेर असन्तुष्टि जनाएका हुन। संघीयता एवं समावेशिताको मर्म र पार्टीको विधान विपरीत मन्त्रीहरु बनाएको पुनले बताएका छन् ।
आम कार्यकर्ताको भावना विपरीत मन्त्रीहरु छनोट भएको जनाउँदै प्रदेश सभापति पुनले असन्तुष्ट कार्यकर्ताको वृहत भेला गरी यथोचित निर्णयमा पुगिने पुनले चेतावनी समेत दिए ।
काँग्रेसले गुल्मीका धनेन्द्र कार्की, प्यूठानका सरोज थापा (रोज राणा), दाङका प्रचण्डविक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मीलाई मन्त्री बनाएकाे हाे ।