पाल्पाको रामपुरमा एक हजार सात सय बढी छात्रालाई सेनेटरी प्याड वितरण

पाल्पा – पाल्पाको रामपुर नगरपालिकाले नगरभित्र रहेका विद्यालयमा सेनेटरी प्याड र डिस्पोजल मेसिन सहयोग गरेको छ । यहाँका एक हजार सात सय ५६ जना छात्रालाई लक्षित गरी विद्यालयलाई प्याड उपलब्ध गराएको हो ।

यहाँका १८ मावि तहलाई डिस्पोजल मेसिनसहित प्याड र अन्य छ वटा आधारभूत तहका विद्यालयलाई प्याड सहयोग गरेको नगरपालिकाले जनाएको छ । नगर शिक्षा अधिकृत विकल काफ्लेले २४ विद्यालयलाई ११ हजार ६२ प्याकेट सेनेटरी प्याड र १८ वटा मेसिन वितरण गरेको जानकारी दिनुभयो ।

सशर्त अनुदान कार्यक्रमअन्तर्गत पहिलो चरणमा माध्यमिक विद्यालयलाई एक÷एक वटा डिस्पोजल मेसिनसहित र अन्य आधारभूत तहका विद्यालयलाई सेनेटरी प्याड वितरण गरेको र आगामी दिनमा अन्य विद्यालयलाई सहयोग गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

नेपाल सरकारको रु २० लाख अनुदानमार्फत डिस्पोजल मेसिन र सेनेटरी प्याड वितरण गरिएको हो । सशर्त अनुदान सेनेटरी प्याड व्यवस्थापन कार्यक्रमअन्तर्गत कक्षा ६ देखि १२ सम्म अध्ययन गर्ने एक हजार सात सय ५६ विद्यार्थीलाई पुग्नेगरी प्याड उपलब्ध गराइएको उपप्रमुख बालकुमारी थापाले बताउनुभयो ।

महिनावारीका बेला छात्राहरूको सहजता ल्याउन प्याड र प्रयोगपश्चात् व्यवस्थापनका लागि मेसिन वितरण गरेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च