प्रदेशको समग्र विकासका लागि, पर्यटन सर्किट बनाउने मुख्यमन्त्रीको संकल्प

तानसेन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समग्र विकासका लागि ऐतिहाँसिक धरोहर तथा परम्परालाई सन्तुलित र समुचित विकासको लागि जोड्दै पर्यटन सर्किट बनाउन योजना बनाएको बताउनु भएको छ । । प्रदेशभित्रका १२ जिल्ला हिमाल, पहाड र तराइ जोड्नेगरी पर्यटन सर्किटको विकास गर्ने सरकारले तयारी गरेको उहाँले बताउनु भएको हो ।

मंगलबार नेपाल पत्रकार महासंघ पाल्पाले आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण समारोहलाई तानसेनमा सम्बोधन गदै मुख्यमन्त्री आचार्यले सबै समुदाय बिशेषले मनाउने चाड, पर्व, रीतिरिवाज, परम्पारा, धार्मिक मान्यताहरुलाई बराबर सम्मान गर्ने बताउनु भयो । ‘सामाजिक रुपान्तरणका साथै जागरण र चेतना बृद्धिमा मौलिक परम्पराहरुको आ–आफ्नै भूमिका छन । समाज विकास संग यि परम्परा जोडिएका छन’उहाँले भन्नुभयो,‘प्रदेश सरकारले धार्मिक, सांस्कृितक तथा ऐतिहाँसिक स्थल तथा परम्परालाई समृद्धि संग जोड्न चाहन्छ ।’
फरक प्रसंगमा मुख्यमन्त्री आचार्यले पाल्पाको ऐतिहासिक रणउजीरेश्वरी मन्दिरको पुनर्निर्माणको लागि तयार भएको डिपीआरलाई आगामी वर्षको कार्यक्रममा समावेश गरिने मुख्यमन्त्री बताउनु भयो ।

यस बर्ष प्रदेश सरकारले मन्दिर मर्मतको लागि २० लाख बजेट विनियोजन गरेको भन्दै त्यसमा बजेट थपेर काम गर्ने उल्लेख गर्नुभयो । मुख्यमन्त्री आचार्यले भन्नुभयो ‘ हामीले बजेटको व्यवस्थापन गर्छौ, यसमा तपाईहरु ढुुक्क हुनुहोस्, अहिले कति गर्न सक्छौं गछौं, त्यो २० लाखमा पनि थपेर काम गर्छौं र आगामी वर्ष बाँकी रहेको काम पनि गछौं, यो गौरवको आयोजना गर्ने दायित्व प्रदेश सरकारको हो । हाम्रो बुझाईका कारण केही समस्या आएकाले बजेटको कमी भएको हो ।’ पाल्पाको ऐतिहासिक परम्पराले धर्म, संस्कृति, परम्परा तथा इतिहासलाई जोगाइरहेको भन्दै मुख्यमन्त्री आचार्यले रथ यात्रालाई प्रदेश सकारले सांस्कृतिक सहकार्य, भाइचारा र एकताको प्रतिकको रूपमा लिएको समेत उल्लेख गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च