पाल्पा । पाल्पा जेसीज द्वारा संबिधान दिवसरको अवसरमा प्रिय दर्शन शाक्य स्मृति प्रथम नगर स्तरिय अन्तर मा.वि वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा नगर भित्रका १३ विद्यालयका ९ छात्रा र ४ छात्र को सहभागिता रहेको थियो ।” युवा प्रोत्साहनका लागि स्थानिय सरकारको भुमिका ” बिषयमा वक्तृत्वकला आयोजना गरीएको पाल्पा जेसिजका अध्यक्ष अर्जुन कार्कीले जानकारी दिनुभयो । बक्तृत्वकला प्रतियोगितामा १३ प्रतिस्पर्धीको सहभागिता रहेको पाल्पा जेसीज जनाएको छ ।
बालबालिकामा रहेका प्रतिभालाई उजागर गर्न सकियो भने मात्र पाठ्यक्रमले निर्धारण गरेका लक्ष्य हासिल गर्न सहज हुने बताउदै अध्यक्ष कार्कीले विद्यार्थीमा धेरै किसिमका प्रतिभा रहेका हुन्छन् जसलाई प्रस्फुटन गर्ने यस्ता कार्यक्रमले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनु भयो ।
कार्यक्रममा देबवाणी मा.वि का सन्जु न्यौपाने प्रथम स्थान ,सरस्वती मा.वि का प्रमिला बि.क दोस्रो स्थान, जनता मा.वि का सुरज डाँगी तेस्रो स्थान , मोहन कन्या मा.वि का दिक्षा पाण्डेय चौथो स्थान र न्यु होराइजन मा.वि का अनुस्का सुबेदी र पाल्पा आवाशिय मा.वि का दिब्या पान्डे ले पाचौ स्थान हासिल गरेका थिए ।
कार्यक्रममा पाल्पा जेसीज वर्ष २०२३ का अध्यक्ष जेसी तथा निवर्तमान अध्यक्ष सुनिल कुमार बस्यालले विद्यार्थीहरु अब प्रतियोगितामा मात्र नभइ हरेका कृयाकलापमा आफुलाई सक्षम बनाउनु पर्नै बताउनु भयो । अझै पनि अगाडि आएर वोल्न सक्ने साहस र क्षमतामा कमी रहेको भन्दै सिकाइले नै मानिसमा पुर्णता दिने बताउनु भयो ।
सस्कृति विद निर्मल प्रसाद श्रेष्ठले,युवाहरुको क्षमता विकास र सामाजिक कार्यमा सक्रिय पाल्पा जेसीजले आम नागरिकलाई पनि सत्कर्ममा लाग्न प्रेरित गरेको बताउनुभयो ।
त्यसैगरी पुर्व अध्यक्ष तथा २०२४ का सल्लाहाकार सुवर्ण मुनि शाक्यले सन् १९८० मा स्थापित पाल्पा जेसीजले विभिन्न क्षेत्रमा काम गर्दै आएको स्मरण गदैं सम्पूर्ण संस्थाका पुर्व अध्यक्षहरु तथा वर्तमान कार्यसमितिलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
प्रतियोगिताको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका उप प्रमुख प्रतिक्षा सिङ्जालीले विद्यार्थीमा लुकेका प्रतिभालाइ उजागर गर्न पाल्पा जेसिजले वक्तृत्वकला प्रतियोगिता राखेर अवसर प्रदान गरेकोमा आभार प्रकट गर्नुभयो । उहाँले प्रतियोगिता थोरै मानिसमा हुने भन्दै आफ्नो अधिकार र आफुलाइ परेको समस्या समाधानमा वक्तृत्वकलाले टेवा पुयाउने,युवा विद्यार्थी भनेको देश विकासको आधार भएकाले सकरात्मक सोचका साथ अगाडि बढ्न आग्रह गर्नुभयो ।
निर्णायक मण्डल सदस्य तथा त्रिभुवन बहुमुखी क्याम्पसका उप-प्राध्यापक महेन्द्र पन्थीले विद्यार्थीहरुले राम्रो प्रस्तुती गरेकोमा खुसी व्यक्त गर्दै विद्यार्थीको प्रतिभा देखेर भविष्यमा असल नागरिक हुन सक्ने आशा देखेको बताउनु भयो ।
संस्थाका अध्यक्ष अर्जुन कार्कीले सहभागीताका लागि विद्यालय र विद्यार्थीहरुलाई धन्यवाद दिदै युवाहरुको क्षमता र नेतृत्व विकासमा सक्रिय पाल्पा जेसीज वर्ष २०२४ ले संचालन गरेको बक्तृत्वकला प्रतियोगितामा विद्यार्थीका प्रतिभालाइ उजागर गर्न वक्तृत्वकला प्रतियोगिता राखेर अवसर प्रदान गरेकोे बताउनु भयो ।
कार्यक्रमा उत्कृष्ट हुने र सहभागि सम्पुर्ण लाई प्रमाण पत्र प्रदान कार्यक्रमका अध्यक्ष ,प्रमुख अतिथि र अन्य अतिथिहरुले द्धारा गरीएको थियो ।
वक्तृत्वकलाको निर्णायक मण्डलमा त्रिभुवन बहुमुखी क्याम्पसका उप-प्राध्यापक महेन्द्र पन्थी र सामाजिक तथा शैक्षिक ब्यक्तृत्व सकुन्तला बज्राचार्य रहनु भएको थियो ।
कार्यक्रममा मुख्य प्रायोजन सन्ध्या बज्राचार्यले गर्नु भएको थियो । वक्तृत्वकला प्रतियोगिताको कार्यक्रम संयोजकको रुपमा जेसीज वर्ष २०२४ का अध्यक्ष अर्जुनले गर्नुभएको कार्यक्रमकोे सञ्चालन सह-सचिव सुमन बस्यालले गर्नुभएको थियो ।