गुल्मी । गुल्मीमा सुख्खा पहिरोमा परेर गोरु चराउन गएकी महिला बेपत्ता भएका छन् । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर- २ सिम्ले निवासी ६९ वर्षकी टनि पुन बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक ( डिएसपी ) शंकर पोखरेलले बताए । मनकामना सामुदायिक बन जुल्से स्थित सामुदायिक बनमा २ वटा गोरु चराउन गएकोमा समयमा पुन बेपत्ता भएकी थिइन् ।
सामुदायिक बनको ६ सय मिटर माथिबाट ठुलो सुख्खा पहिरो आएको सोहि पहिरोमा पुरिएको आशङका प्रहरीले गरेको छ । पहिरोमा पुरिएका दुईवटा गोरु मृत अवस्थामा फेला परेका छन् । बेपत्ता टनि पुनको खोजि कार्य भइरहेको प्रहरीले जनाएको छ ।