तानसेन । नेपाल विद्यार्थी संघ इकाई समिति पाल्पाले त्रिभुवन बहुमुखी क्याम्पस तानसेनको क्याम्पस प्रशासनलाई माग–पत्र बुझाएको छ । विद्यार्थीहरूका हकहितका लागि विभिन्न ४५ बुँदे माग राख्दै क्याम्पस प्रशासनलाई माग–पत्र बुझाएको हो ।
संघका क्याम्पस इकाई समिति सभापति पुन्य प्रसाद सुवेदीको नेतृत्वमा निमित्त क्याम्पस प्रमुख कृष्ण बहादुर कार्कीलाई उक्त माग–पत्र बुझाएको हो । मागपत्रमा उल्लेखित कुराहरु अक्षरस तत्काल पुरा नभएको खण्डमा हुने परिस्थितीको जिम्मेवार स्वयं क्याम्पस प्रशासन रहने समेत उल्लेख गरीएको छ ।
नेवि संघले पुस्ताकालयमा प्राप्त पुस्तक तत्काल उपलब्ध हुनुपर्ने र पुस्तकालयमा व्यवस्थित तरिकाले पढ्न पाउनु पर्ने, ई–लाइबेरीको व्यवस्थापन हुनुपर्ने, कम्प्युटर ल्याव बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुल्ला हुनुपर्ने, केन्द्रिय पुस्तकालयको सदस्य वनी सो मार्फत प्राप्त हुने सामग्रीहरु प्राध्यापक तथा विद्यार्थीहरुको सहज पहुँचमा ल्याइनुपर्ने,क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुखहरु तथा विभागिय प्रमुखहरुले अनिवार्य रुपमा आºनो कार्यकक्षवाट सेवा उपलब्ध गराउनुपर्ने,स्नातक तथा स्नातकोत्तर तहका सम्पूर्ण कक्षाहरुमा प्रभावकारी ढंगवाट प्रविधिमैत्री कक्षा सञ्चालन गरिनुपर्ने,क्याम्पसमा विद्यार्थीले बुझाउनु पर्ने शुल्क, पाउने सेवा तथा क्याम्पसका सेवाप्रवाहको विवरणको जानकारी दिने विद्यार्थी वडापत्र निर्माण गरि सवैले देख्ने उपर्युक्त स्थानमा राख्नुपर्ने क्याम्पसमा कार्यरत स्थाई प्राध्यापक तथा कर्मचारीले अनिवार्य रुपमा विश्वविद्यालयले तोकेको पोशाक र परिचयपत्र लगाउनुपर्ने व्यवस्था तत्काल लागु गर्नुपर्ने,क्याम्पसमा कार्यरत कर्मचारिहरुको कार्य विभाजन सिºट व्यवस्थापन सहित व्यवस्थित गरिनुपर्ने । विज्ञान संकायमा बास्केटवल तथा भलिवल कोटको तत्काल व्यवस्थापन गरिनुपर्ने विज्ञान संकायमा चमेना गृहको व्यवस्था गरिनुपर्ने लगायतका ४५ बुदे माग राखेको छ ।
यस्तै, शुद्ध पिउने पानी र व्यवस्थित शौचालयको व्यवस्थापन गराउनु पर्ने, विद्यार्थीहरूले पाउनु पर्ने छात्र वृत्ति नियमित र पारदर्शी हुनु पर्ने,प्रशासनिक कामकाजहरूलाई समयमै प्रभावकारी रुपमा सुचारु गरेर पठन पाठन प्रभावकारी हुनुपर्ने, खेलकुदका लागि आवश्यक सामाग्रीहरु तत्काल उपलब्ध गराउँने पर्ने माग राखेको छ ।
साथै नेवि संघले मागहरू तत्काल समाधान नभएको खण्डमा विद्यार्थी संघ कडा रूपमा प्रस्तुत हुँदै आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ ।
ज्ञापनपत्र बुझदै निमित्त क्याम्पस प्रमुख कृष्ण बहादुर कार्कीले विद्यार्थीका माग तत्काल समाधानको लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।