पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका भित्र लगातार परेको झरीले बन्द भएका सबै सडक सन्चालनमा आएका छन ।
बडादसैँ लगायतका चाडपर्व नजिकिँदै गएपछि स्थानीय सरकारको पहलमा अवरुद्ध सडक सन्चालनमा आएको गाउँपालिकाले जनाएको छ ।
बिग्रिएको सडक मर्मतका साथै पहिरो हटाएपछि मुझङु भुवनपोखरी सिद्धेश्वर सत्यवती जुठापौवा बल्डेङगढी लगाएतका क्षेत्रमा अवरुद्ध सडक मार्फत अहिले गाउँपालिकार सदरमुकाम तानसेन सम्म सवारी आवतजावत गर्न थालेको गाउँपालिका अध्यक्ष रुक्मागंत भटराईले बताउनु भयो ।
दशैँ तिहार नजिकिएसँगै यातायातका साधन सञ्चालनमा आउँदा ग्रामीण क्षेत्रमा दैनिक उपभोग्य सामग्रीको आपूर्ति सहज हुनाका साथै स्थानीय बासिन्दालाई आवतजावत गर्न समेत सहज भएको छ । सडक सञ्चालन भएसँगै यातायात सञ्चालनमा सहज भएको यातायात व्यवसायीले बताएका छन् ।